‘उपनिर्वाचनमा नेकपाले धाँधली नगरे परीणाम कांग्रेसको पक्षमा आउँने’

खबरपथ संवाददाता
४ मंसिर २०७६, बुधबार १३:२८

काठमाडौं ।  १४ मंसीरमा हुने उपनिर्वाचनले सरकारलाई सशक्त सन्देश दिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताएका छन । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा महतले सरकारलाई शसक्त सन्देश दिने बताएका हुन ।

‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन्, महतले भने,‘सरकारमा बस्ने पार्टीका नेताहरूले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिस्ट पार्टीका नेताहरूले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’

महतले उपनिर्वाचनमा सत्तारूढ नेकपाले धाँधली नगरे परीणाम कांग्रेसको पक्षमा आउँने बताए । भने, ‘वडा सदस्यदेखि केन्द्रीय निर्वाचन पोखरासम्म नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह छ । समर्थन छ । हामी सबै एकतावद्ध भएर लागेका छौं । तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भएपनि आफ्नो पक्षमा परीणाम ल्याउने कोशिसमा छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*