पोखरा १५ मा साझा पार्टीको घरदैलो

खबरपथ संवाददाता
५ मंसिर २०७६, बिहीबार ११:१८

पोखरा । साझा पार्टीले पोखरा–१५ मा बुधबार उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रम गरेको छ। मतदाता भेट्न पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र, पार्टीका तर्फबाट उम्मेदवारी दिएकी रजनी केसीसहितको टोली सो वडा पुगेको हो।

मतदाता भेटपछि वडा १५ को ट्याक्सी चोक र शिव मन्दिर चोकमा साझा चुनावी कोणसभा आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले जनताले आफू र पार्टीप्रति गरेको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने प्रतिबद्धता जनाइन्। उनले मतदाता साझा पार्टीप्रति सकारात्मक रहेको अनुभव सुनाइन्। उनले भनिन्, ‘अब साझा पार्टी नै कम्युनिष्ट र काँग्रेसको विकल्प बनेर आयोभन्दा खुसी लाग्छ। ’ उनले साझा पार्टी देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको स्पष्ट पारिन्।

पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले पुराना दलका कारण असल राजनीतिज्ञले देश विकास गर्लान् भन्ने विश्वास ध्वस्त भएको आरोप लगाए। ‘गएको ३० वर्षदेखि चुनाव जितेर गएकाहरुले आफू र आफ्नो परिवार बनाए, जनतालाई जहाँको त्यहीँ छाडे, ’ उनले भने, ‘त्यसले गर्दा देशमा असल राजनीतिज्ञ छन् र देश परिवर्तन गर्लान् भन्ने जनतामा विश्वास छैन। ’

कस्केलीलाई जनता नेतृत्वप्रति असन्तुष्ट छन् भन्ने सन्देश दिने अवसर आएकाले त्यसको सदुपयोग गर्न उनले आग्रह गरे।

बिहीबार पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*