समाजसेवी गाहाको निधन

खबरपथ संवाददाता
५ मंसिर २०७६, बिहीबार २०:५६

बुटवल । समाजसेवी एवं पुर्व जनप्रतिनिधी होमबहादुर गाहाको निधन भएको छ । साविक जुभूङ्ग गाविस वडा नं. ६ गुल्मीका वडा अध्यक्ष गाहाको बुधवार राती तिलोत्तमा–८, चार नम्वरमा आफ्नै निवासमा निधन भएको हो । राजनीति संगै समाजसेवामा सक्रिय गाहा केही वर्षयता मृगौलामा समस्या आएपछि थलिनु भएको थियो ।
बेलायती सेनाबाट अवकाश प्राप्त गाहाले आफ्नो वडाको विकास संगै समाजका विकृती हटाउन समेत विशेष भुमिका निभाउनु भएको थियो । उहांको अगुवाईमा स्थानीयले ५२ दिन जनश्रमदान गरी हटिया देखि टङलाजी हुदै घुर्मी पुग्ने मोटरवाटो निर्माण गरेका थिए । साथै बौद्ध समाज सुधार युवा क्लवको संस्थापक अध्यक्ष समेत रहेका गाहाले मगर समुदायको मृत्युसंस्कारमा मदिरा निषेधको अभियान चलाउनु भएको थियो ।

उहांको बिहीवार मगर संस्कार अनुसार योगीकुटी स्थीत मगरघाटमा अन्तिम संस्कार गरिएको छ । घाटमा नेकपा, नेपाल मगर संघ तिलोत्तमा, जुभूङ्ग रुपन्देही सम्पर्क समाजले श्रद्दाञ्जली सभा गरेका थिए । सभामा नेकपा गुल्मीका नेता बालकृष्ण काउछाले उहांको योगदानको चर्चा गर्नु भएको थियो । त्यसैगरी सम्पर्क समाजका अध्यक्ष रामप्रसाद गौतम र सचिव मनोज खड्काले समाजसेवी गाहाले समाजसेवामा पुयाएको योगदानको चर्चा गर्नु भएको थियो ।
उहांको श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*