रेडियो सैनामैनाको अध्यक्षमा केसी

खबरपथ संवाददाता
८ मंसिर २०७६, आईतवार १९:०२

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सामुदायिक रेडियो सैनामैना ९१ मेगाहर्जको अध्यक्ष पदमा तिलब केसी निर्वाचित हुनु भएको छ । रेडियोको शनिबार सम्पन्न दोश्रो सधारणसभा तथा अधिवेशनबाट उँहा सर्वसहमतिमा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

यस्तै उपाध्यक्ष पदमा गोपाल पोखरेल निर्वाचित हुनु भएको छ ।

उपाध्यक्ष पदमा नविन घिमिरे र पोखरेलको उम्मेदवारी परेपछि मतादान भएको थियो । सचिब पदमा मदन थापा , कोषाध्यक्ष पदमा ऋषिराम पाण्डेय , सह सचिबमा शुसिला पन्थ शर्मा सर्वसहमतिमा निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा यज्ञमणी घिमिरे , बिजय शर्मा , बुद्धिराम भण्डारी , धनकला बेल्बासे , निर्माला गौतम , सीता पोखरेल सर्वसहमतिमा निर्वाचित हुनु भएको छ ।

यस्तै लेखा समितिको संयोजकमा रुमाखर गौतम र सदस्यमा कल्पना ढकाल निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले अधिवेशनको शनिबनार उद्घाटन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*