उपनिर्वाचनको मतपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

खबरपथ संवाददाता
८ मंसिर २०७६, आईतवार २१:१४

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मंसिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । मतपत्र र मतदाता परिचयपत्रलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरेको थियो ।

उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ ।प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन भने स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ ।निर्वाचनमा भाग लिएका राजनीतिक दलका शीर्ष नेताहरु चुनावी प्रचारमा जुटेसँगै अहिले ३७ जिल्लाका ५२ स्थानको वातावरण निर्वाचनमय भएको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दल र सरोकारवाला पक्ष सक्रिय रहेको र मतदाता पनि उत्सुक भएका कारण पनि वातावरण निर्वाचनमय बनेको हो ।

ईकान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*