रोहिणी गाउँपालिकाद्वारा अनुदानमा गँहुको बिउ बितरण

खबरपथ संवाददाता
९ मंसिर २०७६, सोमबार १८:२७

धकधई । रोहिणी गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयले स्थानिय कृषकलाई अनुदानमा गँहुको बिउ बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकलाई बिउ बितरण गरिएको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान रहेको गँहुको उन्नत जातका बिउहरु एनएल ९७१, अदित्य, भृकुटि लगायतका जातहरु बितरण गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । गाउँपालिकाबाट १० लाख बजेट बिनियोजन गरि र १० लाख कृषकहरुबाट लिएर २० लाख बराबरबको ७ सय ५० बोरा गँहुको बिउ बितरण गरिएको उनले बताए ।
अभिल्लो बर्ष पनि सोही परिमाणमा बिउ बितरण गरेको कार्यालयले आगामी बर्ष देखी बजेट बढाएर बढी बिउ बितरण गर्ने अध्यक्ष यादवले बताए । “अहिले पनि यो बिउ प्रयाप्त हैन तर कृषकलाई थोरै भए पनि राहत दिने उद्देश्यले बितरण गरेका छौं । आगामी बर्ष देखी बजेट बढाएर अलि धेरै बितरण गर्ने तयारी गर्दैछौ ।” यादवले भने ।
गाउँपालिकाको कार्यालयले गँहुको बिउ मात्र नभई बरसीन, च्याउ लगायतको बिउ पनि मौषम अनुसार बितरण गर्ने गरेको छ । कृषि शाखाले दिएको जानकारी अनुसार कृषकहरुलाई बिउ बिजन मात्र नभई समय समयमा आधुनिक कृषि, बेमौषमी तरकारी खेती लगायतका बारेमा तालीम समेत प्रदान गरिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*