जागृती टोल विकास संस्थाद्धारा खाद्यान्न वितरण

खबरपथ संवाददाता
९ मंसिर २०७६, सोमबार १८:३८

बुटवल । बुटवल ११ देविनगरमा रहेको जागृती टोल विकास संस्थाले आपाङ आश्रममा खाद्यान्न वितरण गरेको छ । संस्थाको आफ्नो वार्षिक कार्यक्रम अन्तरगत सोमबार बुटवल ११ प्रगतिनगरमा रहेको नेपाल आपाङग आश्रममा पुगुेर खाद्यान्न समाग्रि वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्वबोध गर्दै प्रतेक वर्ष जस्तो यस वर्ष पनि मानविय कार्य गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शान्ता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका सल्लाहकार तथा समाजसेवी अर्जुन वहादुर कुवंरले समाजमा यस्ता खालका रचनात्मक कार्यत्र गर्नाले अरुलाई पनि उत्प्रेरणा जगाउने बताउनु भयो । उहांले आश्रममा रहेका वालवालिकाहरुलाई सहायोग गर्नु सबैभन्दा ठुलो धर्म हुने बताउनु भयो ।

कार्यक्रममा पत्रकार बिक्रम खड्काले टोल विकास संस्थाले देउसी भैलो खेलेको रकमले गरेको मानविय कार्य सबैका लागि उदाहरणयि रहेको बताउनु भयो ।
सो अवसरमा संस्थाका सल्लाहकार लक्ष्मण कुमार श्रेष्ठ, आश्रमका अध्यक्ष डोल वहादुर रामदाम, संस्थाका उपाध्यक्ष कल्पना विष्ट, कोषाध्यक्ष सुमित्रा मल्ल, राधिका ज्ञवाली लगायतले बोलेका थिए ।

सो अवसरमा अश्रमका अध्यक्ष रामदामलाई संस्थाका तर्फबाट चामल, दाल, तेल, तरकारी चाउचाउ लगायतका समाग्रि हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*