सरकार जनतामाझ चुक्यो – शर्मा

खबरपथ संवाददाता
९ मंसिर २०७६, सोमबार २०:३०

पोखरा । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी नेतृत्वको २१ महिने सरकारले शान्ति सुरक्षा, हत्या हिंसा, भ्रष्टाचार र महंगी नियन्त्रण गर्न नसक्दा चनतामाझ चुकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भने(२१ महिने अवधिका दुईतिहाईको सरकार पूर्ण रुपमा चुकेको छ । निर्वाचन पहिला राजनीतिक पार्टी आन्तरिक व्यवस्थापनमा जुट्नु परेको थियो तर अहिले दुईतिहाईको सरकार हुँदा पनि आम नागरिक सरकारको कामप्रति सन्तुष्ट छैनन् ।

केपी नेतृत्व सरकारले २१ महिनामा गरेका काम र नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर निभाएको भूमिकाको मूल्याङकन गर्न जरुरी छ, उनले भने(२१ महिनामा देशमा ठूलाठुला घटना निर्मला हत्याकाण्ड, वाइडवढी, एनसेल काण्ड, सीमा अतिक्रमणका बारेमा एक दिन काँग्रेसले नेपाल बन्द र हडताल गरेन ।

प्रतिपक्षमा बस्दा कालापानीमा मार्चपासगर्ने नेता यतिवेला मन्त्री बनेका छन् तर उनीहरुले नेपालको जमिन भारतले अतिक्रमण गर्दा त्यो जमिन फिर्ता गर्न पहल गर्नु पर्छ कि पर्दैन् रु प्रश्न गर्दै उनले जमिन मिचएको यति धेरै दिन हुँदा पनि प्रधानमन्त्री किन चुप छन् । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गर्न सक्दैनन् उनले भने( यति लामो समयसम्म पनि नेपालको जमिन फिर्ता गर्न पहल नगर्ने प्रधानमन्त्री आसय के हो त्यो बुझ्न जररी छ ।

नेपाली काँग्रेसले भारतले मिचेको जमिन फिर्ता हुनु पर्छ, राष्ट्रियता एकताको सवालमा पूर्ण रुपमा सहयोग गर्दा पनि प्रधानमन्त्री केपी र परराष्ट्रमन्त्री ज्ञवाली किन चुप वसेका छन् श्र उनको प्श्न थियो ।

कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनको बारेमा बोल्दै प्रवक्ता शर्माले नेपाली काँग्रेसले २ हजार ४ सय मतको अन्तरले निर्वाचन जित्ने दावी गरे । नेपाली काँग्रेसले गरेको सर्वेक्षण र विभिन्न १३ वटा आधारमा त्यो आकडा निकालिएको हो, उनले भने( यस पटक कास्कीमा काँग्रेस एक ढिक्का भएर निष्ठावान राजनीतिज्ञ खेमराज पौडेललाई जिताउन लागेका छन् ।पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*