लायन्सहरुको रक्तदान सम्पन्न

खबरपथ संवाददाता
१० मंसिर २०७६, मंगलवार १८:४२

बुटवल। रक्तदान जीवनदान भन्ने उदेश्यका साथ बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ बुटवल स्टार्स, लायन्स क्लव अफ डाइनमिक लेडिज, लायन्स क्वल अफ बुटवल स्मार्ट सिटी र कसौधन युवा समितिको आयोजनामा रक्दान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने सहभागीले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले संस्थाको नियमित योजना अनुसार कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विश्वजित कसौधन बताए । कार्यक्रममा लायन्स ३२५ बि २ नेपालका मल्टिपल चेयरर्पसन पिएजेफ सुनिल ओझा, पूर्ब गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि २ डिष्ट्रिक कोचिफ एडभाइजर एमजेएफ अर्जुनमान सैजु, सुनिता बजिमय, स्टार्सका एमजेएफ अध्यक्ष दिपक भट्टराई ,राकेश कशौधन डायनामिक लेडी अध्यक्ष रिता शर्मा ,स्मार्ट सिटिका अध्यक्ष सुरेन्द्र भारि लगायतले बोलेका थिए । कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*