‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ : मेला स्थलबाट बिभिन्न रुटमा बस सेवा सञ्चालन हुने

खबरपथ संवाददाता
१० मंसिर २०७६, मंगलवार १८:४८

बुटवल । पश्चिम नेपाल बस व्यबसायी प्रालिले सञ्चालन गर्ने बिभिन्न रुटका गाडीहरु मेला स्थल ९बुटवल देवीनगर० प्रवेश गराएर सञ्चालन गर्ने सहमति भएको छ ।

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ लाई सफल बनाउनकालागि आयोजक बुटवल उद्योग बाणिज्य संघ र पश्चिम नेपाल बस व्यबसायी प्रालिका प्रतिनीधि बिचमा सहमति भएको हो ।

दुई पक्षबिचको सहमति अनुसार रुपन्देहीको ग्रामिण क्षेत्र फर्साटिकर, सेमलार, मोतिपुर हुँदै मेला स्थलमा बस सञ्चालन हुने छ । त्यस्तै रुपन्देहीकै ग्रामिण क्षेत्र कान्छिबजार, शिवपुर, मणिग्राम चार नम्बर, भवानीपुर, गोरकट्टा पहुनी, भलवारी त्यस्तै नवलपरासीको ग्रामिण क्षेत्र त्रिवेणी, सिसौघारी, वर्दघाट, खैरेनी ढेकावार, चरंगे, टटेरा, गणेशनगर, भूपू सैनिक लगायतका स्थानबाट छुट्ने गाडी सिधै मेला स्थलमा प्रवेश गर्ने छन् ।

मेलामा जाने यात्रुहरुको सुविधालाई मध्येनजर गरेर बुटवलको गोलपार्कदेखि मेला स्थल र योगिकुटीदेखि मेला स्थलसम्म बस सेवा सञ्चालन गर्ने दुई संस्था बिचमा सहमति भएको छ ।

सहमति पत्रमा बुटवल उद्योग बाणिज्य संघको तर्फबाट संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारी र पश्चिम नेपाल बस व्यबसायी प्रालिको तर्फबाट बुटवल–भैरहवा रुट संयोजक रमेशप्रसाद अधिकारी, बुटवल–वर्दघाट रुट संयोजक टेकराज भट्टरार्ई ९रामु० र बुटवल सालझण्डी रुट संयोजक दिपक पछाईले हस्ताक्षर गरेका छन ।

मेला सञ्चालन गर्दै आएको साविकको स्थान बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएकाले बुटवल उद्योग बाणिज्य संघले अहिले नयाँ स्थान बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा मेला सञ्चालन गर्न लागेको हो ।

मेला सञ्चालनका लागि धेरै ठाउँ अवलोकन गरेपनि बुटवलको सबैभन्दा बढी जनसंख्या भएको वडा र पिछडीएको क्षेत्र पनि भएकाले त्यस क्षेत्रको बिकासलाई मध्येनजर गरेर देवीनगरमा मेला सञ्चालन गर्ने निर्णय लिईएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

मेलालाई व्यबस्थित गर्नकालागि ट्राफिक व्यबस्थापनको पक्ष महत्वपूर्ण भएकाले बस सञ्चालन हुने र ईरिक्सा सञ्चालन गर्ने रुट छुट्याएर यात्रु ओसार पसारको व्यबस्था मिलाईने प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारीले बताए ।

त्यसका लागि ट्राफिक प्रहरी तथा सुरक्षा व्यबस्थालाई चुस्त बनाउनकालागि प्रहरी प्रशासन, नगरपालिका, वडासंग समन्वय गरिने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*