शहिदमा अनुसन्धानमुलक जर्नल प्रकाशन

खबरपथ संवाददाता
१० मंसिर २०७६, मंगलवार १९:०८

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले मंगलबार दोश्रो जर्नल प्रकाशन गरेको छ । क्यापसका प्राध्यापक , कर्मचारीले लेखेका १० वटा अनुसन्धानमुलक लेख समेटिएको जर्नल प्रकाशनमा आएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरि जर्नलको बिमोचन गरिएको हो । प्रदेश ५ का प्रदेशसभाका सदस्यद्धय भूमिश्वर ढकाल र फखरुद्धिन खाँले संयुक्त रुपमा जर्नलको बिमोचन गरेका हुन ।

नेकपाका प्रमुख सचेतक समेत रहका ढकालले क्यापसका प्रध्यापकले अनुसन्धान गर्दै कक्षा कोठामा अध्यापन गराउँनु पर्ने बताए । विश्व अनुदान आयोग ( क्विएए) प्राप्तीको लागि अगि बढेको यस क्याम्पसले आधुनिक तरिका अपनाएर विद्यार्थीलाई शिक्षा दिनु पर्नेमा जोड दिए ।

क्यापसको विकासको लागि केन्द्र , प्रदेश र स्थानीय सरकार मिलेर लाग्नु पर्ने ढकालले बताए । प्रध्यापकले राम्रोसँग पढाउन नसके विद्यार्थीले राम्रो अंक प्राप्त गर्न नसक्ने बताउँदै उनले प्रध्यापकले अनुसन्धानलाई जोड दिएर कक्षा कोठा भित्र प्रवेश गर्नु पर्ने बताए । अर्का सांसद फकरुद्धिन खाँले लुम्बिनीको मुख्य प्रवेशद्धारा सैनामैना भएकाले यस क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए ।

भैरहवामा गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रमा लगानी भित्रने र आवश्यक पर्ने दक्ष जनशक्ति यँहाका क्याम्पस विद्यालयले उत्पादन गर्नु पर्नेमा जोड दिए । पुर्व क्याम्पस प्रमुख दिनेश पन्थीले अनुसन्धानमा आधारित रहेर जर्नल प्रकाशन गरेको जानकारी दिए । क्याम्पस प्रमुख यदुलाल पन्थले गुणस्तरिय शिक्षाको लागि प्रध्यापकले अनुसन्धान गर्दै अध्यापन गर्नु पर्ने बताए ।

उनले क्विएए मान्यता प्राप्तको लागि अगि बढेको शहिद नारायण पोखरेले क्याम्पसका प्राध्यापकहरुले अनुसन्धानमा आधारित भएर जर्नल प्रकाशन गर्दै जाने बताए । क्याम्पसका अध्यक्ष डिल्लीराज ज्ञवालीले क्यापसले क्विएए प्राप्त गर्नको लागि सैनामैनाका समुदायको सहयोग मिलेको बताउँदै तिनै तहको सरकाबाट सहयोग समेत मिलेको दाबी गरे ।

क्विएए प्राप्तीका लागि क्यापसले गरेको कार्यप्रगती बारेमा जानकारी लिनको लागि अनुदान आयोगको टोलीले मंसिर १६ देखि २० गतेसम्म अनुगमन गर्ने क्यामपसका क्विएए कार्यक्रम संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*