प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, आज बिहान भेन्टिलेटरबाट हटाइयो

खबरपथ संवाददाता
११ मंसिर २०७६, बुधबार १२:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बिहान भेन्टिलेटरबाट  हटाइएको छ । उनको स्वास्थ्य सुधार हुँदै गएको छ ।

‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*