प्रधानमन्त्री ओली कुराकानी गर्न सक्ने अवस्थामा

खबरपथ संवाददाता
११ मंसिर २०७६, बुधबार १२:३२

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा बुधबार बिहानदेखि सुधार आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको कुरा अस्पतालले जनाएको हो ।

मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो।

उनलाई बिहान भेन्टिलेटरबाट हटाइएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहको जानकारी दिएका छन ।

प्रधानमन्त्रीलाई डाक्टरहरूको निरन्तर निगरानीमा राखिएको छ। स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेट्न परिवारका सदस्य र पार्टीका नेता पनि बुधबार अस्पताल पुगेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*