उपचुनावको लागि दलहरु अन्तिम दौडधुपमा, रातिदेखि मौन अवधि

खबरपथ संवाददाता
११ मंसिर २०७६, बुधबार १६:४३

काठमाण्डौ – आउँदो १४ गते हुने उपनिर्वाचनको लागि दलहरु अन्तिम दौडधुपमा व्यस्त छन् । बुधबार रातिदेखि मौन अवधि सुरु हुने भएकाले दलहरु बुधबार दिनभर चुनावी प्रचारमा व्यस्त हुँदैछन् ।

प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर दुई तथा प्रदेशसभा अन्तर्गत भक्तपुर १ ९क०, बागलुङ २ ख र दाङ ३ खमा उपनिर्वाचन हुँदैछ । यस्तै, पालिका अन्तर्गत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पदका लागि १४ गते नै उपनिर्वाचन हुनेछ । उपनिर्वाचनलाई दलहरुले जनमत परीक्षणको रुपमा लिएका छन् ।उपनिर्वाचनको लागि आवश्यक सबै तयारी पूरा भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

कुन ठाउँ किन रिक्त :

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै अहिले त्यो ठाउँ प्रतिनिधिविहीन छ ।

तत्कालीन एमालेको तर्फबाट वाम उम्मेद्वारको रुपमा अधिकारीले चुनाव जित्नु भएको थियो । लगातार तेस्रो पटक चुनाव जित्दै मन्त्री बन्नुभएका अधिकारीको निधनसँगै रिक्त रहेको कास्की २ मा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै प्रदेशसभातर्फ भक्तपुर, बाग्लुङ र दाङका एक–एक स्थान रिक्त छ । भक्तपुर १ ९क० का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि यो ठाउँ पनि जनप्रतिनिधिविहीन बनेको छ । लामिछाने तत्कालीन एमालेबाट विजयी हुनुभएको थियो । लामिछानेको २०७५ वैशाख ३१ गते मस्तिष्कघातका कारण निधन भएको थियो ।

यस्तै बाग्लुङ क्षेत्र नम्बर २ ९ख० का टेकबहादुर घर्तीको निधन भएपछि यो ठाउँ पनि रिक्त छ । जनमोर्चाको तर्फबाट विजयी हुनुुभएका घर्तीको गएको मंसिर २७ गते दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । घर्तीको निधनपछि रिक्त रहेको ठाउँमा पनि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै दाङ क्षेत्र नम्बर ३ ९ख० का उत्तरकुमार ओलीको निधन भएपछि अहिले यो ठाउँ पनि जनप्रतिनिधिविहीन छ । माघ २४ गते आफैले चलाएको कार दुर्घटनामा परेर गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा फागुन १० गते निधन भएको थियो । तत्कालीन एमालेबाट निर्वाचित भएका ओलीको निधनसँगै यो ठाउँ पनि रिक्त छ ।

पालिकामा कहाँ कहाँ  :

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख तथा पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षले राजीनामा गरेका थिए भने विभिन्न पालिकाका सातजना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण रिक्त रहेका वडामा सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, लमजुङको सुन्दरबजार नगरपालिका–२, बागलुङको बडीगाड गाउँपालिका–२, प्यूठानको ऐरावती गाउँपालिका–१ र २, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ छन् ।

अरु वडामा भने यसअघिका वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने अरु वडाहरुमा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, भोजपुरको पौवादुङमा गाउँपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगरपालिका–७, सङ्खुवासभाको खाँदबारी नगरापालिका–३, खोटाङको साकेला गाउँपालिका–३, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपालिका–२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, रौतहटको गढिमाई नगरपालिका–२, बाराको बारागढी गाउँपालिका–१, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, काठमाण्डौको दक्षिणकाली नगरपालिका–३, चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ छन् ।

यस्तै नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व० को बौदीकाली गाउँपालिका–५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–६, बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मेल्लेख गाउँपालिका–५, डोटी आदर्श गाउँपालिका–२, बैतडीको पुर्चौडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१० को वडाध्यक्षको लागि पनि उपनिर्वाचन हुँदैछ ।

उज्यालो अनलाईनबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*