नरपानी बस दुर्घटना: मृत्यु हुनेको संख्या १७ पुग्यो, ११ जना घाइते

खबरपथ संवाददाता
११ मंसिर २०७६, बुधबार २०:२९

बुटवल । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सन्धीखर्क नगरपालिका – ६, नरपानीमा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । दुर्घटनामा १० जना पुरुष ७ जना महिलाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ ।

दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको । अन्य मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*