रुपन्देही उद्योग संघको स्थापना दिवसको अवसरमा अन्तक्र्रिया सम्पन्न

खबरपथ संवाददाता
१२ मंसिर २०७६, बिहीबार ११:२६

बुटवल।  रुपन्देही उद्योग संघको ४२ औं स्थापना दिवसको अवसरमा विज्ञान र आध्यात्म बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न समारोहमा आध्यात्मीक चिन्तक तथा बैज्ञानीक डा. जय प्रकाश अग्रवालले बिज्ञान र आध्यात्मको विषयमा प्रवचन दिनु भएको थियो । बिज्ञानले बिकास गर्छ तर शान्ति दिन सक्दैन आध्यात्मले बिकास होईन शान्ति दिन्छ , यि दुवैको संयाजनबाट बिश्वले बिकाश र शान्ति एकै साथ प्राप्त गर्छ अग्रवालले भन्नु भयो ।


लामो समय देखि चिकित्सकको रुपमा काम गरेका बैज्ञानिक अग्रवालले पछिल्लो समय बिज्ञान र आध्यात्मलाई जोडने अभियान स्वरुप समाजका बिभिन्न बर्ग र समुदायमा आध्यात्मीक प्रवचन दिदै आउनु भएको छ ।
प्रवचन कार्यक्रममा अग्रवालले समाजको बिकासमा बिज्ञानको जत्तिकै महत्व आध्यात्मको समेत रहेकोमा जोड दिंदै बिज्ञानले देखिने भौतिक बिकास गरे पनि समाज परिवर्तनको संवाहक आध्यात्म हो, आध्यात्मीक चिन्तन र अध्ययनबाट मात्रै समाजको मुहार फेर्न सकिने बताउनु भएको थियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासा उपर उहाँले स्पट पार्नु भएको थियो ।


रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराको अध्यक्षता, महासचिव जिवकान्त काप्mलेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका पुर्व आर्थिक सल्लाहकार तथा कार्यक्रम संयोजक बैकुण्ठ पाण्डेले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघ आवद्ध उद्योगीहरु संगै यस क्षेत्रका समाजसेवी बुद्धीजिवी, कानून ब्यवसायी, सुरक्षा एवं सरकारी निकाय, बिद्यार्थी, श्रमिक वर्ग, समाजसेवी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
रुपन्देही उद्योग संघले आफ्नो ४२ औं स्थापना दिवसको अवसर पारेर प्रवचन, रक्तदान, गोष्ठी तथा सेमीनार,स्वास्थ्य शिविर, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रमहरु आयोजना गरिने संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी गराउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*