काँग्रेस नेता खाँणद्वारा अर्घाखाँची दुर्घटनाका घाइतेसँग भेटघाट

खबरपथ संवाददाता
१२ मंसिर २०७६, बिहीबार १८:५३

बुटवल। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अर्घाखाँची बस दुर्घटनामा परी घाइते भएकाहरुलाई भेटेका छन् ।

खाँणले बिहीबार भैरहवाको युनिभर्सल मेडिकल कलेज पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरूलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन् । खाँणले सार्वजनिक यातायातलाई भरपर्दो, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न तर्फ सरोकारवाला पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।

सन्धिखर्क-बुटवल सडकखण्डमा सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*