मकालुको बार्षिकउत्सबमा निशुल्क स्वास्थ शिबिर सम्पन्न

खबरपथ संवाददाता
१४ मंसिर २०७६, शनिबार १८:५८

बुटवल ।  मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि. ले आफ्नो बार्षिक उत्सबको अवसरपारि शनिबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । बुटवलको नेपालगंज रोडमा रहेको उक्त मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि. ले काठमाडौँ ईन्डियन एम बि सी का बरिस्ट डा -अर्बिन्द्र कुमार सिह लगायतका चिकित्सकको टोलिद्वारा निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको थियो ।

शिबिरमा म्याग्दीका ८२ बर्षिय लाल बहादुर छन्त्याल सहित ५२ जनाले निशुल्क सेवा लिएका थिए । जसमा २८जना पुरुष र २४ जना महिलाहरु रहेको फार्मेसीका सस्थापक अध्यक्ष राजु थापा ले जान कारी दिनु भयो । शिबिरमा बिरामीको निशुल्क परिक्षण गरिएको थियो भने औषधि र ल्याबमा १० प्रतिशत छुट दिनुका साथै थेरापीमा ४५ प्रतिशत छुट दिएको थियो।

बिगत देखिनै मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि. ले बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*