नेशनल बिजनेश प्लान प्रतिस्पर्धा २०१९ मा लुम्बिनी वाणिज्य क्याम्पस फस्ट रनर अप

मोहन पौडेल
१५ मंसिर २०७६, आईतवार १९:३०

बुटवल । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र ह्यान्डङ ग्लोबल युनिभर्सिटी कोरियाको संयुक्त आयोजनामा काठमाडौमा आइतबार भएको नेशनल बिजनेश प्लान प्रतिस्पर्धा २०१९ मा लुम्बिनी वाणिज्य क्याम्पस फस्ट रनर अप भएकोे छ ।
देशभरका २५ वटा क्याम्पसले सहभागिता जनाएको उक्त कार्यक्रममा सहभागिहरुले विभिन्न नयाँ र फरक किसिमका व्यवसायिक परियोजनाको छनोट सम्बन्धी रिपोर्ट तयार पार्नुका साथै सोको प्रस्तुतिकरण समेत गरेका थिए ।
फस्ट रनर अप भएको लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीहरुले केराको फाइबरबाट बनाउन सकिने, सजिलै कुहिने, प्लास्टिकको प्रयोग निष्ोध गरिएको महिलाहरुका लागि अत्यावश्यक सेनेटरी न्याप्किन बनाउने प्रोजेक्ट सम्बन्धीे प्रस्तुती दिएका थिए भने नेशनल बिजनेश प्लान प्रतिस्पर्धा २०१९ को उपाधि प्राप्त गर्न सफल आयोजक त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको समुहका विद्यार्थीहरुले वातावरणमैत्री मकै पोल्ने यन्त्रका बारेमा प्रस्तुति दिएका थिए ।
एमविए–विएफ डाइृरेक्टर माया आचार्यले संयोजन गरेको लुम्बिनी वाणिज्य क्याम्पसको समुहमा क्याम्पसको एमविए–विएफ चौथो सेमेस्टरका आस्था पाण्डे, सन्ध्या पौडेल, मेनका खनाल, सृष्टि भण्डारीले सहभागिता जनाएका थिए भने सो नेशनल बिजनेश प्लानको अन्तिम प्रतिस्पर्धामा लुम्बिनी वाणिज्य क्याम्पसवाट क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्याय र उच्च शिक्षा सुधार परियोजना संयोजक पुनाराम घिमिरेको पनि उपस्थिति रहेको थियो ।
फस्ट रनर अप भएको लुम्बिनी वणिज्यले नगद रु पन्ध्र हजारका साथै शिल तथा प्रमाणपत्रले पुरस्कृत भएको थियो भने उपाधी विजेता आयोजक सोमटियुले नगद पच्चिस हजारका साथै शिल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*