पत्रकार केसीलाई औद्योगिक पत्रकारिता पुरस्कार

खबरपथ संवाददाता
१५ मंसिर २०७६, आईतवार १९:४५

बुटवल । पत्रकार नरेश के.सी. उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा प्रदान गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट उनी पुरस्कृत भएका छन् ।

उनलाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा बुटवलमा आयाेजित कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, बन तथा बातबरण मन्त्री लिला गिरीले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी नगद रु ३५ हजार ५ सय ५५ र कदरपत्र रहेको छ ।

पत्रकार के.सी. बिगत एक दशकदेखि भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनी लुम्बिनीखवर अर्धसाप्ताहिकको सम्पादक, दैनिक लुम्बिनी, राष्ट्रिय समाचार समितिकाे संवाददाता र नेपाल समय अनलाईनको प्रदेश पाँच प्रमुखको रुपमा कार्यरत छन् । केसि लुम्बिनी प्रेस कलबकाे उपाधयक्ष, नेपाल भारत पत्रकार मन्चकाे अधयक्ष तथा नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीकाे अध्यक्ष समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*