समुदायसंग जोडिएर काम गर्दैछ सेना

खबरपथ संवाददाता
१९ मंसिर २०७६, बिहीबार १९:२१

बुटवल । नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका प्रमुख उपरथी सिताराम खड्काले सेनाले समुदायसंग जोडिएर सामाजिक उत्तरदायित्वका काम गरिरहेको बताएका छन् । शान्तिसुरक्षाका अलवा विकास निर्माणमा समेत सेनाले सरकारलाई सघाएको भन्दै त्यस्तै सहयोग नागरिक स्तरमा पुराइरहेको उनले बताए ।
विपद व्यवस्थापनमा सेनाले महत्वपूर्ण काम गरिरहेको उनले बताए । मुलुकका जटिलपूर्ण विकास निर्माणका कामदेखि विपद्को उद्धारमा सेना सदैव अग्रपंत्तीमा हुने गरेको उनको भनाई छ । तर सेनाले गरेको गतिबिधिका विषयमा कम समाचार बन्ने गरेको उनले अनुभव सुनाए ।
नेपाली सेनाको आयोजनामा बुटवलमा भइरहेको रक्षा संवाददाता अभिमुखिकरणको बिहिबार समापन गर्दै पृतनापति खड्काले मिडियासंग समन्वयमा सेनाले थप काम गरिरहेको उनले बताए । ‘दुर्घटनाको उद्धामा सेनाले महत्वपूर्ण भूमिका निभाएको छ, तर सेनाले गरेको गतिबिधि समेटिएका छैनन्, उनले नरपानी अर्घाखाची दुर्घटनाको उदाहरण दिदै भने,‘सेनाको काम त निरन्तर नै रहनेछ, तैपनि खटिनेहरुको उत्साहका लागि खवर पनि आवश्यक रहेछ ।’
नेपाली सेनाले समुदायसंग जोडिने गतिबिधि शुरु गरेको छ । जसका लागि नागरिक समुदायसंग सेना र पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण शुरु गरेको छ ।
सेनाका पृतना, बाहिनी तथा गण गुल्मबाट त्यो कार्यक्रम सञ्चालन गरिएको छ । सेनाले सातै प्रदेशका मुकामहरुमा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण समेत दिएको छ ।
सात प्रदेशका कम्तिमा १ सय ५० पत्रकारलाई रक्षा संवाददाताको तालिम दिइरहेको छ । अहिलेसम्म प्रदेश नम्बर १ देखि प्रदेश नम्बर ५ सम्म सकिएको छ । बिहिबार सकिएको प्रदेश ५ को तालिममा बोल्दै मध्यपश्चिम पृतनापति खड्काले समुदायसंग नजिकिएर सेनाले काम गरिरहेको बताए । सेनाले बिभिन्न जिल्लामा नागरिक समुदायसंग छलफल चलाइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*