१३ औं साग: बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा

खबरपथ संवाददाता
२३ मंसिर २०७६, सोमबार १०:४४

काठमाडौं । दक्षिण एसियाली सागमा नेपाल लगातार दोस्रो पटक फुटबलको फाइनलमा पुगेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले ११ औं मिनेटमा गोल गरेका हुन ।

दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो भने पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*