कार दुर्घटनाहुँदा १ जनाको मृत्यु, ४ घाईते

खबरपथ संवाददाता
२३ मंसिर २०७६, सोमबार १३:२५

कपिलवस्तु । कपिलवस्तु, २३ मंसीर । कपिलवस्तुको वाणगंगामा कार दुर्घटना हुँदा १ जनाको मुत्यू भएकोे छ । वाणगंगा नगरपालिका वडा नं. ८ बोर्डगाउँ चोक नजिकै पश्चिमतर्फ बाट आईरहेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९, हरनामपुरका २८ बर्षिय सुरेश पाण्डे रहेका छन् । कार तिब्र गतिमा रहेकोले विद्युत पोलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीको आशंका छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । साथै कार भने क्षतविक्षत अवस्थामा छ ।

अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*