पुरुष क्रिकेटमा नेपाललाई कांस्य

खबरपथ संवाददाता
२३ मंसिर २०७६, सोमबार १३:५३

काठमाडौँ । १३ औैं दक्षिण एसियलाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले कांस्य जितेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा कांस्यको लागि भएको स्पर्धामा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै पदक जितेको हो।टस हारेर ब्याटिङमा आएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो।

माल्दिभ्सका लीम साफिगले र्वाधिक १९ रन बटुले। यस्तै मोहमिद रिसवानले १ ७ रन बनाए।नेपालका ललितनारायण राजवंशीले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए।९५ रनको लक्ष्य लिएर मैदान गरेको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनायो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए।माल्दिभ्सका उमर आदिमले ३ विकेट लिए।कांस्य पदक जितेपछि नेपालका कप्तान मल्लले स्वर्ण जित्ने लक्ष्य राखिएको भए पनि कांस्यमा चित्त बुझाउनुपर्दा टोली निराश बनेको प्रतिक्रिया दिए ।

उनले भने, हामीले कांस्यका लागि खेलेका थिएनौं । गोल्डका लागि जान सक्थेम ।उनले भारत, पाकिस्तान नआए पनि बंगलादेश र श्रीलंकासँग खेल्न पाउनु अवसर भएको बताए । उनले भने, हामीले उनीहरुसँग खेल्न पाउँदा कति मेहनत कति गर्नु पर्दो रहेछ भन्ने सिक्ने अवसर पनि पाइयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*