भैरहवामा बिद्युतिय स्कुटरको सुभारम्भ

खबरपथ संवाददाता
२३ मंसिर २०७६, सोमबार १८:४१

भैरहवा ।  भैरहवामा बिद्युतिय स्कुटरको बिक्रि सुभारम्भ गरिएको छ । बातावरण मैत्री बिद्युतिय स्कुटरको एक कार्यक्रमका वीच आज सुभारम्भ गरिएको हो ।
५ जना युवाहरुको सक्रियतामा नेपालका लागि आधिकारिक बिक्रेता एच जि मोटर प्रालीले रन यान ब्राण्डको बिद्युतिय स्कुटरको नेपाल भित्राएको हो । भैरहवाको आधिकारिक क्रिशक्ति मोटर ईन्टरप्राईजेज प्रालीले भैरहवामा बिक्रि शुभारम्भ गरेको हो । सोरुमको सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन गरे ।
तीन बटा मोडलमा उपलब्ध स्कुटरको बजार मुल्य १ लाख ४० हजार ५ सय देखि १ लाख ६५ हजार ५ सय रहेको एच जि मोटर प्रालीका संचालक हरि टण्डनले जानकारी दिए । ती स्कुटर १ सय २५ सिसि देखि १ सय ५० सिसि सम्ममा उपलब्ध रहेको छ ।
६ घण्टा देखि ८ घण्टा चार्ज गरेपछि १ सय किलोमिटर सम्म कुदाउन सकिने एच जि मोटर प्रालीका कार्यकारी अधिकृत निर्मल कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै संघका कार्यबहाक अध्यक्ष श्रेष्ठले बिद्युतिय स्कुटरले नेपालको व्यापार घाटा कम गर्ने बताए । उनले युवा पिढिमा बिद्युतिय स्कुटर प्रति चेतना फैलाउनु पर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपाध्यक्ष दीपक क्षेत्रि न्यौपानेले बिद्युतिय सवारी साधनको बिक्रि बढाउनु पर्ने बताए । उनले बिद्युतिय सवारी साधनले बातारण संरक्षण गर्नुका साथै दुर्घटना न्युनीकरणमा समेत टेवा पुर्याउने भएकाले अबका पुस्ताले बिद्युतिय सवारी साधन खरिद गर्नु पर्ने बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मीले पछिल्लो समय बिद्युतिय सवारी साधनमा आर्कषण बढेको बताए ।
५ जनाको समुहमा सरद अधिकारी, निर्मलकुमार श्रेष्ठ, हरि टण्डन, गोपाल कार्की र बसन्त थापा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*