स्वास्थ्य मन्त्रालय भ्रष्टाचारको अखडा– प्रदेशप्रमुख शेरचन

खबरपथ संवाददाता
२३ मंसिर २०७६, सोमबार १९:५८

पोखरा। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले स्वास्थ्य मन्त्रालय भ्रष्टाचारको अखडा भएको आरोप लगाएका छन् ।

नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ गण्डकी प्रदेशको प्रथम साधारण सभा एवं पहिलो अधिवेशनलाई सोमवार पोखरामा सम्वोधन गर्दै उनले भने–आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य निर्देशकले पत्नीलाई पैसाको पोको लगेरदिएका रहेछन् त्यो मैले थाहा पाँए, त्यो पैसाको पोको आफूले कोषमा राखेको र ती निर्देशकलाई हटाएको इतिहास सुनाए ।

अहिलेपनि मलाईस्वास्थ्य मन्त्रालय भन्दासाथ भ्रष्टाचारको अखडा हो भन्ने नै लाग्छ, उनले भने– मानसिक रुपमा नै भ्रष्टाचार मुक्त नगरेसम्म देशमा भ्रष्टाचार रोखिदैन । व्यक्तिगत स्वार्थकै कारण भ्रष्टाचार हुने गरेको छ, व्यक्तिगत स्वार्थ त्यागेरअगाडि वढ्यौ भने सुशासन र नेपाली जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गन सक्ने छन्, शेरचनले भने । जनताले दःख कष्ट पाएका छन् मन्त्री र कर्मचारी भ्रष्टाचारमा लागेका छन् कसरी देश बन्छ? उनले प्रश्नगर्दै कुनै पार्टीको नबनी जनताको सेवामा लाग्नु होस् ।

स्वास्थ्यमन्त्री हुँदा स्वासथ्य क्षेत्रका विकृति सुधार्ने इच्छा थियो तर माओवादी शान्ति वार्तामा आउने भएपछि त्यसको जिम्मेवारी पनि थपिएकाले मन्त्री छाड्नु प¥यो,उनले भने भ्रष्टकर्मचारीलाई तह लगाउने योजना नै मन्त्रीबाट हटेपछि समाप्त भयो ।

संघ सस्थाहरुमा राजनीति घुस्न हुदैन, यो राजनीतिक दल र दलहरुका भातृसंस्थाले पनि हटाउन सकेका छैनन, केही संघ सस्थाहरु पछिल्लो समय राजनीाितकै कारण धरापमा परेको वताउदै राजनीति भन्दा पर रहेर संस्था सञ्चालन गर्न शेरचनले सुझाव दिए ।

आयुर्वेद औषधि व्यवसायीहरुलाई समेत सचेत गराएका थिए । आयुर्वेद औषधि ब्यवसायीहरुले आफ्नो गुणस्तर र कामलाई माथि उठाउन आग्रह गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।

नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ गण्डकी प्रदेशका संयोजक कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आयुर्वेद औषधि ब्यवसायी महासंघका अध्यक्ष जंगराज गिरी, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बुद्धिप्रसाद पण्डित लगायतले आफ्नो भनाई राखेका थिए भने सो अवसरमा लामो समयदेखी आयुर्वेद क्षेत्रमा योगदान दिएका ८७ वर्षीय डाक्टर इन्द्रविलाश आचार्यलाई सम्मान गरिएको थियो ।

उक्त भेलाले राजकुमार पौडेलको अध्यक्षतामा नौ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा धनबहादुर कुमाल, महिला उपाध्यक्षमा गंगा लामिछाने, सचिवमा डाक्टर दीपक भुषाल, सह सचिवमा विष्णु शर्मा चापागाइ, कोषाध्यक्ष रमेश चापागाइ रहेका छन । त्यसैगरी सदस्यहरुमा विनिता डुम्रे अर्याल, राजेन्द्र अधिकारी र हिरा कुमार रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*