भ्रष्टाचार विरुद्ध पारदर्शी सरोकार बुटवलद्धारा दीप प्रज्जवलन

खबरपथ संवाददाता
२४ मंसिर २०७६, मंगलवार १३:१५

बुटवल । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (९ डिसेम्वर)को अवसरमा पारदर्शी सरोकार समूह बुटवलले सोमबार बुटवलमा दीप प्रज्जवलन गरेको छ ।

बुटवल अस्पताल लाइन स्थित पुष्पलाल पार्कमा भएको दीप प्रज्जवलन कार्यक्रममा भ्रष्टाचार अध्याँरोमा हुने भएकाले सांकेतिक रुपमा भ्रष्टाचार सबैलाई देखाउन दीप प्रज्जवलन गरिएको पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र पाण्डेले बताए ।

दीप प्रज्जवलनको शुभारम्भ गर्दै ५ नं प्रदेश सरकारका प्रमूख सचिव तोयानारायण ज्ञवालीले भ्रष्टाचारलाई संस्थागत हुन दिन नहुने धारणा राखे । भ्रष्टाचारलाई न्युनिकरण गर्नका लागि नागरिक समाजले सधैं खबरदारी गर्नुपर्ने औल्याँए ।

दीप प्रज्जवलन कार्यक्रममा प्रदेश सरकारका सचिव राजेन्द्र थापा, नेपाल बार एसोसियशन केन्द्रिय उपाध्यक्ष सुरेन्द्र थापा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, पारदर्शी सरोकार समूह बुटवलका निवर्तमान अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ, उपाध्यक्ष लालहरि पाण्डे, महासचिव दीपक ढकाल, दायित्वका कमल थापा,स्थानिय बुद्धिजिवि, पत्रकार लगायत एम्स क्लेज बुटवलका प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*