कल्याणकारीद्धारा शेयर सदस्यलाई तालिम

खबरपथ संवाददाता
२६ मंसिर २०७६, बिहीबार ११:४८

बुटवल।  बुटवलको सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देशीय सहकारी संस्था लिले आफना शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तथा उदघोषण तालिम प्रदान गरेको छ ।


बुटवल ८ मा संचालित सहकारीले दुई दिने तालिम आयोजना गरि बुधवारवाट तालिम शुरु गरेको सहकारीका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले बताउनु भयो । तालिममा शिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न अध्यक्ष क्षेत्रीले आह्वान समेत गर्नु भयो ।
शेयर सदस्यहरुलाई सहकारीका आधारभुत सिद्धान्त, सहकारी शिक्षा र माईक समाएर वोल्न सक्ने गराउन तालिम संचालन गरिएको कार्यक्रमका संयोजक यज्ञ प्रसाद पंगेनीले बताउनु भयो । दुई दिनसम्म संचालन हुने तालिममा वरिष्ठ पत्रकार अमृता अनमोलले प्रशिक्षण प्रदान गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*