‘देवीनगरमा हुन लागेको औद्योगिक व्यापार मेला वडाकै लागि गौरवको विषय’

मेला सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता
खबरपथ संवाददाता
२९ मंसिर २०७६, आईतवार १९:२०

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका टोलबिकास संस्थाहरुले त्यस वडामा हुन लागेको मेला महोत्वस आफ्नो वडाकालागि गौरवको बिषय भएको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघले आगामी पुसको ९ गतेदेखि २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ बुटवल ११ देवीनगर स्थित एन्फा एकेडेमीको उत्तरतर्फको खाली जग्गामा सञ्चालन गर्दै छ ।

मेला सञ्चालनका सन्दर्भमा आईतबार मेला स्थलमा भएको टोल बिकास संस्थाहरुसंगको बैठकका क्रममा टोल बिकास संस्थाका अध्यक्ष, क्लव तथा आमा समुहरुका अध्यक्ष तथा पदाधिकारीहरुले आफ्नो टोल छिमेकमा हुन लागेको मेला वडाकै लागि गौरवको विषय भएकाले मेलालाई सफल बनाउनकालागि आफूहरुको तर्फबाट खेल्नु पर्ने भूमिका खेल्नकालागि तयार भएको बताएका थिए ।

बैठकमा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समतिका संयोजक खिमबहादुर हमालले २००९ सालमा स्थापना भएको संघले उद्योगी व्यबसायीको हकहितसंगै बुटवलको सामाजिक बिकासमा खेलको भूमिकाको चर्चा गर्नुभएको थियो । त्यस अवसरमा उहाँले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रको बिकासकालागि लुम्बिनी बाणिज्य क्याम्पसको स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बुहुमुखी क्याम्पसमा बिज्ञान संकाय सञ्चालनकालागि भवन निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति सेवाकालागि भवन निर्माण, बाल तथा महिला अस्पताल (आम्दा) को स्थापनामा बुटवल उद्योग बाणिज्य संघको महत्वपूर्ण भूमिका र लगानी रहेको जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*