पीपीएल : धनगढीले काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

खबरपथ संवाददाता
२ पुष २०७६, बुधबार १०:५८

पोखरा — पोखरा प्रिमियर लिग ९पीपीएल० को चौथो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध खेल्दै छ । धनगढीले काठमाडौंविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । बुधबार बिहानको पहिलो खेल हुस्सु लागेका कारण केही ढिलो हुन पुगेको छ । त्यसैले म्याचलाई १७ ओभरमा छोट्याइएको छ ।

काठमाडौंले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ भने धनगढीले विराटनगरलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ। काठमाडौंले उद्धघाटन खेल पोखरा पल्टनसँग खेल्दै ९ विकेटको पराजय भोगेको थियो भने मंगलबार भएको खेलमा पनि बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजय बेहोरेको थियो। प्लेअफको सम्भावना कायम राख्ने काठमाडौंले तीनवटै खेल जित्न जरुरी छ।

इ कान्तिपूरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*