देशभर चिसो बढ्यो, तराईमा शीतलहरले जनजिवन प्रभावित

खबरपथ संवाददाता
२ पुष २०७६, बुधबार १२:१०

वुटवल । पुस महिना शुरु भए लगत्तै देशभर चिसो बढेको छ । त्यसैगरी  प्रदेश ५ का तराईका जिल्लामा शीतलहर शुरु भएपछि जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ।

शीतलहरले रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ, बाके र बर्दियामा जनजिवन अलि बढि नै प्रभावित बनेको हो । पहाडी जिल्लामा समेत चिसोले गर्दा दैनिक असहज बनेको छ ।

शितलहरले मानिसको चहलपहल कम हुन थालेको छ। विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।

सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेको देखिन्छ। तराई÷मधेसमा पुस पहिलो सातादेखि सुरु हुने शीतलहर माघ अन्तिमसम्म रहन्छ।

चिसोले रुघाखोकी, डायरिया, दाम, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ। सडकमा मानिसहरु निकै कम हिडेका छन् । अन्य बेलामा शितलहर त्यति नपर्ने बुटवलमा पनि यो पटक भने शितलहर भइरहेको छ । एकाध मात्रै मानिसहरु सडकमा देखिएका छन् भने सवारी साधन चलाउन पनि कठिन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*