पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा

खबरपथ संवाददाता
२ पुष २०७६, बुधबार १२:२६

काठमाडौँ । आउँदो पुस २७ गते पृथ्वी जयन्तीको दिनमा सार्वजनिक विदा दिइएको छ ।

गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा घोषणा गरेको हो । सोमबार बसेको नगरको कार्यपालिकाको बैठकले आउँदो पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय तथा विद्यालय सबै बन्द रहने नगरपालिकाले जनाएको छ । पृथ्वी जयन्ती आउन २६ दिन बाँकी भए पनि नगरपालिकाले त्यसअघि नै सार्वजनिक बिदा घोषणा गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*