कस्केली तमुहरुले पुस १६ गते सामुहिक ल्होछार मनाउने

आउदो वर्षदेखि महोत्सवकै रुपमा मनाउने
खबरपथ संवाददाता
२ पुष २०७६, बुधबार १२:३३

पोखरा । तमु जातिको महान पर्व तमु ल्होछार कस्केली तमुहरुको पुस १६ गते सामुहिक रुपमा भव्यताका साथ मनाउने भएको छ। च्युल्हो आगमनको अवसरमा यसवर्ष लेखनाथमा सामुहिक ल्होछार  मनाउने आयोजक समितिले निर्णय गरेको छ। अर्घौंचोकबाट झाँकीसहितको ल्होछार शुभकामना ¥याली कार्यक्रम स्थलमा पुगी समारोहमा परिणत हुने आयोजक समितिका संयोजक ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमुले जानकारी दिनुभयो।

विगतका वर्षहरुमा पुस १६ गते नै सामुहिक ल्होसार पोखरामा विविध कार्यक्रम गरी मनाउदै आएकोमा यस वर्ष लेखनाथमा मनाउने भएको हो।

सामुहिक तमु च्यु ल्होसार समारोह भव्यताका साथ सम्पन्न गर्न ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमुको संयोजकत्वमा, तमु धिं नेपाल, तमु ह्युल छोंज धिं, बौद्ध अर्घौं सदन, तमु प्ये ल्हु संघ, तमु साँस्कृतिक प्रतिष्ठान, तमु कलाकार संघ, गुरुङ फिल्म एशोसिएशन, गुरुङ प्राज्ञिक मञ्च,तमु सञ्चारकर्मी संघ, गुरुङ साहित्यीक मञ्च, गुरुङ पर्यटन व्यवसायी संघ लगायतको तमु संघ संस्थाहरु रहेको मुल आयोजक समिति गठन गरिएको छ। यसरी नै झाँकी उपसमितिको संयोजकमा गिरीप्रसाद तमु, सदस्यहरुमा चेतबहादुर तमु, श्रीजंग तमु, साँस्कृतिक उपसमितिको संयोजकमा भोजबहादुर तमु, सुरेन्द्र तमु, काशीमाया तमु, प्रचार प्रसार संयोजकमा हुमबहादुर तमु, रोशनी तमु र खिमा तमु, आर्थिक संयोजकमा सुमे श्रीप्रसाद तमु, कृष्णबहादुर तमु, काशीमाया तमु, छेलो प्रतियोगिताको संयोजकमा क्या.बीरबहादुर तमु, सदस्यहरुमा गमबहादुर तमु, सुमे श्रीप्रसाद तमु, मञ्च तथा साउण्ड सिस्टम संयोजकमा सुरेन्द्र तमु, अतिथि सत्कारमा मनबहादुर तमु, बुद्धिकुमारी तमु र काशीमाया तमु रहेको उपसमिति गठन गरिएको छ।

मंगलवार सम्पन्न सामुहिक ल्होसार समारोह मुल आयोजक समितिको बैठकले आउदो वर्षदेखी ल्होछारलाई महोत्सवकै रुपमा मनाउन तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र तमु संयोजक र गुरुङ फिल्म एशोसिएसन नेपाल(जिफान)का अध्यक्ष भोजबहादुर तमु सहसंयोजक, सम्पुर्ण तमु संघ संस्थाहरुहरु सदस्य रहने गरी आयोजक समिति गठन समेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*