रुपन्देही व्यापार संघमा मनोनयन

खबरपथ संवाददाता
१० पुष २०७६, बिहीबार १९:०३

बुटवल । रुपन्देही व्यापार संघको विहीवार बसेको कार्य समितिको बैठकले सल्लाहाकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन गरेको छ ।

संघको कार्तिक २८ गते सम्पन्न १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो । संघका कार्यालय प्रमुख सरोज पोखरेलले दिनु भएको जानकारी अनुसार बैठकले संघको कार्यसमिति सदस्यहरुमा प्रेमनाथ पाण्डे, कृष्णप्रसाद अर्याल, केशव खनाल, मिलन सुनार र राजेन्द्र ढकाललाई मनोनयन गरेको छ । मानार्थ सदस्यमा बैकुण्ठ कोइरालालााई मनानयन गरिएको छ ।

यसैगरि सल्लाहाकारमा जोगलादल विक, खेमराज पुन, ऋषि बहादुर भण्डारी, डा. रोहितराज क्षेत्री, माधव नेपाल, तुल्सीराम बञ्जाडे, सूर्यबहादुर भट्टराई, कृष्ण प्रसाद पाण्डे, आनन्द प्रसाद रेग्मी, बालाराम भट्टरााई, सुरज पाण्डे, रणबहादुर खनाल र समुन्द्र जीसीलाई मनोनयन गरिएको छ ।

बैठकले संघको आर्थिक सल्लाहाकारमा लम्बिनी बाणिज्य क्याम्पसमा प्रमुख डा. ताराप्रसाद उपाध्याय, प्राविधिक सल्लाहाकारमा बुटवल उपमहानगरपालिकाका इन्जिनियर ज्ञानप्रसाद अर्याल, प्रेस सल्लाहाकारमा सुमन अधिकारी र कानुनी सल्लाहाकारमा कमल बस्याललाई मनोनयन गरेको महासचिव दयानिधि भण्डारीले बताउनु भयो ।

बैठकले बुटवलस्थित गौतमबुद्ध सामुदायिक स्वाश्थ्य संस्था(मुटु अस्पताल)को संस्थागत सदस्यता लिने तथा संघको आगामी कार्यकालको रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठि यही पुष १९, २० र २१ गते गर्ने निर्णय गरेको छ । कार्यक्रम पर्यटकिय क्षेत्र घले गाउ कास्कीमा गर्ने तय भएको छ ।

संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको बैठकमा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो भने निर्वतमान अध्यक्ष पदम प्रसाद श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*