भलवारी जेसिजको पद हस्तान्तरण, चिरन्जिवी बस्यालले सम्हाले नयाँ नेतृत्व

खबरपथ संवाददाता
८ माघ २०७६, बुधबार २२:२४

तिलोत्तमा । भलवारी जेसिजको वर्ष २०२० को नयाँ टोलीलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार एक कार्यक्रमका बीच वर्ष २०१९ का अध्यक्ष जेसी सुरज अर्यालले वर्ष २०२० का अध्यक्ष जेसी चिरन्जिवी बस्याललाई पदहस्तान्तरण गरेका हुन ।

पुर्व रक्षामन्त्री एवं नेपाली काग्रेशका प्रमुख प्रमुख सचेतक बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरानो कार्यसमितिले १२ सदस्सीय नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।सो अवसरमा बोल्दै पुर्व रक्षामन्त्री खाँडले, भलवारी जेसिजले गरेका  कामहरूको प्रशंसा गर्दै नयाँ योजना बनाएर अगाडीबढ्न आग्रह गरे । साथै उनले जेसिजहरूले कुरा भन्दा काम गरेर देखाउने बेला आएको समेत बताए ।

सोही अवसरमा वर्ष२०२० को नयाँ टोलीलाई सपथ ग्रहण समेत गराईएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण कुमार पुरी, २००६ का पूर्व अध्यक्ष  माधव प्रसाद पाण्डे, सन्तराम चौधरी लगायतलाई सम्मान समेत गरिएको थियो ।

वर्ष २०१९ का अध्यक्ष जेसी सुरज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा भलवारी जेसिजका बर्ष २०२० का ईभिपि सुर्य पाण्डेको सवागत र भलवारी जेसिजका सेनेटर प्रकाश पोख्रेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*