आधारभूत उद्घोषण तालिमको समापन

खबरपथ संवाददाता
१४ माघ २०७६, मंगलवार २०:३१

बुटवल । बुटवल स्थित वीरगाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड्ले सञ्चालन गरेको आधारभूत उद्घोषण तालिमको समापन गरिएको छ । सहकारीका सेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तीन दिनसम्म सञ्चालन गरिएको तालिमको एक कार्यक्रमका बीच मंगलबार समापन गरिएको हो ।

सो अवसरमा वीरगाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनक बहादुर थापा, उपाध्यक्ष मेहरसिह कुवँर, कोषाध्यक्ष श्याम बहादुर श्रेष्ठ, सहकारीका व्यवस्थापक चन्द्र बहादुर राना, शिक्षा संयोजक मनमाया थापा लगायतले बोल्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरु शंकर भण्डारी, दुर्गा खत्री, तारादेवी राना लगायतले बोल्नुभएको थियो । तालिममा उद्घोषण प्रशिक्षक सनु थापाले सहजिकरण गर्नुभएको थियो । तालिममा ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*