शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा छुट

खबरपथ संवाददाता
१५ माघ २०७६, बुधबार १८:५६

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैक लि. र बांकेको नेपालगञ्ज मेडिकल कलेज बीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार शाइन रेसुंगा डेभलपमेण्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् । मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जांच, प्याथोलोजी, शल्यक्रिया र रेडियोलोजी शुल्कमा १० प्रतिशत छुट दिने छ । सम्झौता पत्रमा शाइन रेसुंगा डेभलपमेण्ट बैक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनौडियाले बुधबार हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका जुनसुकै शाखाका खातावालले यो छुट सुविधा पाउने छन् । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै शाइन रेसुंगाले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा सहित अन्य सेवा थप्दै जाने नीति अनुसार नेपालगञ्ज मेडिकल कलेजसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।

प्रदेश ५ का १० जिल्लामा मात्रै बैंकका तीनलाख ८१ हजार जना ग्राहक छन् । प्रदेश ५ मा सबैभन्दा धेरै ग्राहक संख्या भएको प्रदेशको पहिलो राष्ट्रियस्तरको बैंकसंग सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गरिएको मेडिकल कलेजका प्रबन्ध निर्देशक कनौडियाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*