राएला अर्वाड लुम्बिनी २०२० जाँदनी बन्जाडेलाई

खबरपथ संवाददाता
२० माघ २०७६, सोमबार २२:५३

सैनामैना । रोटरी युथ लिडरशिप अर्वाड राएला लुम्बिनी–२०२०को अवार्ड दिप बोर्डिङ्ग स्कुल बुटवलकी चाँदनी बन्जाडेले हात पर्न सफल भएकी छन् । प्रदेश नं ५ का १२ जिल्लाका विभिन्न २५ ओटा विद्यालयका ५७ जना प्रतिशप्रर्धीहरुलाई पछि पार्दै उनि उपाधी जित्न सफल भएकी हुन् ।
समुह तिलौराकोटकमा रहेकी चाँदनी बन्जाडे, समुह लुम्बिनीका अरपित न्यौपाने, समुह रानिमहलकी ओजश्वी शर्मा, समुह देवदहकी अन्जना अर्याल, समुह जितगढीकी बर्षा न्यौपाने फाइनल चरणमा प्रवेश गरेका थिए । फाइनल चरणमा समुह तिलौराकोटकमा रहेकी चाँदनीले यस पटक बेस्ट राएला आवार्ड २०२० जित्न सफल भएकी हुन् । आवर्ड जिते संगै १३ वर्षिय चाँदनीले ट्रफि, प्रमाण पत्र लगाएत पुरस्कार पाएकी छिन् । चाँदनी दिप बोडीङ्ग स्कुल बुटवलमा कक्षा ८ मा अध्यरत छिन् ।
यस्तै समुह लुम्बिनीका १४ बर्षीय अरपित न्यौपाने उपविजेता बन्न सफल भए । एम्स बोडिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययनरत न्यौपाने इन्ट्रयाक्ट एम्सका इलेक्ट प्रेसिडेन्ट हुन् ।
कार्यक्रममा उत्कृष्ट कलचर डे«सको उपाधि प्रथना थान्जु र सन्जु मिश्रले प्राप्त गरेको आयोजकले जानकारी दिएका छन् । यसैगरी विभिन्न समुहहरुलाई उत्कृष्ट विद्यामा पुरस्कृत समेत गरिएको छ । जसमा मस्ट भ्यालुएबल समुह तिलौराकोट, मस्ट भर्सटाइल समुह रानिमहल,मस्ट डिस्पिलन समुह देवदह,मस्ट पार्टी्सिपेटेड समुह जितगढी,मस्ट क्रिएटिभ समुह लुम्बिनी बन्न सफल भएको रोटरी सैनामैनाका अध्यक्ष एवम् राएला लुम्बिनीका सहसंयोजक प्रेम कुमार शर्माले जानकारी दिनुभयो ।
माघ १६ गते देखि रुपन्देहीको सैनामैना रामापुर स्थित श्री सिद्र्धाथ मेमोरियल एकेडेमी स्कूलमा कार्यक्रम सुरुभएको थियो । कार्यक्रम अवधिभर विभिन्न १८ ओटा विधामा विद्यार्थीहरु विच प्रतिशप्रधा भएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले विद्यार्थीहरुको व्यक्तित्व विकास संगै नेतृत्व क्षमता बढाउन सहयोगी भूमिका खेल्न बताउनुभयो । समाज निर्माणमा बालबालिक भोलिका कर्णधार भएकोले उनिहरुलाई उचित ज्ञान, सिप सिकाउनु पर्ने कुरामा उहाँले जोड दिनु भयो ।
शिक्षाको विकासका लागि नगरपालिकाले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु ल्यायको उहाँले जानकारी दिनुभयो ।
विशिष्ठ अतिथि रोटरी डिस्ट्रीकका नोमिनी प्रेसिडेन्ट सन्तोष रिजालले सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्र तालिमहरु उपलब्धिमुलक हुने बताउनुभयो । उहाले युवालाई समाजप्रतिको दायित्वका बारेमा आगामी दिनमा पनि अझ प्रभावकारी ढंगबाट विभिन्न तालिमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीहरुको व्यक्तित्व विकास, समाजप्रतिको दायित्वका लगाएतका बारेमा सिकाउन र शिक्षालाई व्यवहारिक रुपमा अगाडी बढाउन यस खालको कार्यक्रमले सहयोग पुग्ने र सोही अनुसार यस खालको कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष रो। दिल्ली कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा ५ नं। प्रदेशका १२ जिल्लाका विभिन्न विद्यालयबाट ५७ जना १३ बर्षभन्दा माथि र १८ बर्षसम्म विद्यार्थीहरु सहभागि रहेका थिए ।
कार्यक्रममा सहभागीहरु आवासीय रुपमा बसेर विभिन्न विषयमा छलफलमा सहभागी भएका थिए ।
कार्यक्रममा लुम्बिनी क्याम्पसका राजेन्द्र लम्साल, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराई, मिस नेपाल अर्थ–२०१९ रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल–२०१९ मिरा कक्षपति, डा।सुशिल कडेल, बुटवल बहुमुखि क्याम्पसका सहप्रध्यापक राजेन्द्र बहादुर जी।सी।, लेखक युवराज कंडेल, चर्चित सञ्चारकर्मी सुमन खरेल, डा।चिन्तामणी योगी, अधिवक्ता महेन्द्र पाण्डे, बालरोग विशषेज्ञ डा।सन्तोष पोखरेल, वाचक चैतन्य कृष्ण, रोटरियन अनिल श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको आयोजना रोटरी क्लब अफ सैनामैना, रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ सेन्टर रहेका छन् भने रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ डाउनटाउन, रोटरी क्लब अफ रुपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ देवदह, रोटरी क्लब अफ बुटवल चौतारी, रोटरी क्लब अफ सेन्टर लुम्बिनी, रोटरी क्लब अफ मणिग्राम, रोटरी क्लब अफ पाल्पा तानसेन, रोटरी क्लब अफ नवलपुर कावासोती, रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ कपिलबस्तु चन्द्रौटा लगायतका क्लब सहआयोजक रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*