खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्जुन खत्री
२२ माघ २०७६, बुधबार १९:२५

रुपन्देही । अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजनामा  स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाइ जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत खाद्य अवस्था विषयक अन्तरक्रिया शुद्धोधन गाउपालिकाको कार्यालयमा बुधबार सम्पन्न भएको छ। कार्यक्रममा शुद्धोधन गाउपालिका  विभिन्न टोल बिकास सस्थाका प्रतिनिधि, बुद्धिजीवीहरु तथा इन्सेकका प्रतिनिधिहरुले शुद्धोधन गाउपालिकाको खाद्य शुरक्षाको अवस्था ,खाद्य समस्या र समाधानका   उपायहरुको विषयमा आ आफ्नो धारणा व्यक्त गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै शुद्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले खाद्यवस्तुहरु उपभोग गर्दा उपभोत्ता आफै सचेत हुनुपर्ने बताउनुभयो । आगामी दिनमा कृषि क्षेत्रमा व्यापक समस्या रुपमा  रहेको   बिषादी न्यूनीकरण गर्ने प्रतिबद्धता गर्दै गाउपालिकाका हरेक टोलमा गइ खाद्य शुरक्षाको विषयमा जनचेतना कार्यक्रम   फैलाइने बताउनुभयो । शुद्धोधन गाउपालिका वडा न २ का अध्यक्ष विष्णु प्रसाद  बस्यालले खाद्य शुरक्षाको न्यूनीकरणका लागि गाउपरिषदमा छ्लफल गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक सेवा केन्द्र इन्सेक शुद्धोधन गाउपालिका अध्यक्ष  जगत सापकोटाले इन्सेकका  आगामी कार्यक्रम एउटा  सभाहलमा नगरी सार्वजनिक  रुपमा टोल टोलमा पुगि गर्ने बतानुभयो।

अन्तर्कृया कार्यक्रम शुद्धोधन गाउपालिका इन्सेक अध्यक्ष  जगत सापकोटाको अध्यक्षता ,शुद्धोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता ,वडा २ का वडाअध्यक्ष विष्णुप्रसाद बस्यालको बिशिस्ट आतिथ्यता रहेको थियो , शुद्धोधन इन्सेकका उपाध्यक्ष  कपिल अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा  फर्साटिकर ब्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डे ,बेलवा कृषि सहकारीका अध्यक्ष सुनिल कुमार हरिजन , शुद्धोधन ५;का समाजसेवि मोति थापा लगायत विभिन्न ब्याक्तिहरुले बिचार राख्नुभएको थियो भने कार्यक्रमको संञ्चालन  सहजकर्ता बिष्णु घिमिरेले गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*