सरकार अन्तराष्ट्रिय कृषि लगानी सम्मेलन गर्ने गृहकार्यमा : मन्त्री भुषाल

लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास
खबरपथ संवाददाता
२८ माघ २०७६, मंगलवार १८:०६

भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषी क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक रहेको बताएका छन् ।

यसको लागि सरकारले अन्तराष्ट्रिय कृषि लगानी सम्मेलन आयोजना गर्ने गृहकार्य गरिरहेको मन्त्री भुषालले बताए । कमसे कम कृषि क्षेत्रमा लगानी गरेपछि केही भए पनि नाफा पाउनुहुन्छ भन्ने कुरामा विदेशी लगानीकर्तालाई विश्वस्त पार्नु छ , उनले भने ।

भैरहवामा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै संघीय सरकारका मन्त्री भुसालले कृषिमा प्रयोग भईरहेको श्रमलाई व्यवस्थित गरी उत्पादक क्षमताको विकास गर्नका लागी कृर्षि क्षेत्रमा पनि बिदेशी लगानी भित्राउन आवश्यक रहेको बताए ।

हामीले लगानी सम्मेलन गरेर बिभिन्न उत्पादन क्षेत्रमा लगानी भित्राईरहदा कम्तीमा कृर्षी क्षेत्रमा लगानी गर्दा केही प्रतिशत नाफा हुन्छ भन्ने बिश्वास लगानी कर्तालाई दिलाई नेपालमा कृषी क्षेत्रमा बिदेशी लगानी भित्राउनु पर्ने बताए । म कृर्षी क्षेत्रको अभ्ध्ययन मै छु म धेरै केही बोल्दीन तर कृर्षी क्षेत्रमा लगानी गरे नाफा हुन्छ भन्ने अवस्थामा पुगेको छु उनले भने ।

कृर्षी मन्त्रालय सम्हाले लगतै केही दिन आफु निकै निरास बनेको बताउदै क्रमिक रुपमा आफुमा आत्मबल बढेकाले अब केही गर्दछु भन्नेमा बिश्वस्त रहेको मन्त्री भुषालले बताए ।

कृषिमा विदेशी लगानी आकर्षित गर्न योजना बनाएको बताउदै कृषिबाट उद्यम डुब्दैन मिहीनेत खेर जादैन कृषि सुरक्षित छ भन्ने निती ,कार्यक्रम र गतिविधीहरुलाई शंकल्प गरेको बताए।

पत्रकारले नमुना काम गरे म प्रभाबित भए ।

रुपन्देहीमा रहेको लुम्बिनी प्रेस क्लबले नेपालमै नमुना काम गरेको मन्त्री भुसालले बताए । आप्नौ निर्वाचन क्षेत्रमा रहेको पत्रकारहरुको संस्थाले नेपालमै नमुना काम न्युज फेस्टिबल गरेर लुम्बिनी प्रेस क्लबकाले तरङ्ग नै ल्याएको बताउदै गलत कामलाई मिडिया मार्फत सचेत गराउन आग्रह गरे। म उहाहरुको काम बाट प्रभाबित भए अनि उहाहरुले भवन निमार्ण गर्दछौ भन्दा मैले सहयोग गरे कार्यक्रममा मन्त्री भुषालले भने ।

लुम्बिनी प्रेस क्लबलाई ५० लाख

सांसद घनश्याम भुसालको संसदीय विकास क्षेत्र कार्यक्रम अन्तर्गत ५० लाख रुपैया लुम्बिनी प्रेस क्लबको भवन निमार्णका लागी सहयोग गरेका छन् । भवन अपाङ्ग मैत्रि र चार तल्लाको बन्ने छ । करिब दुई करोड रुपैयाको लगानीमा बन्ने भवनको पहिलो तल्ला सेमिनार हल बन्ने छ । दोस्रो तला क्लबको कार्यालय रहने छ । तेस्रो तला पत्रकारहरुका लागी गेष्ठ हाउस रहने छ भने चौथौ तलामा पत्रकारहरुको संग्रालय बन्ने छ । यो संग्रालय नेपालकै पहिलो संग्रालय बन्ने क्लबका अध्यक्ष दिपेश पछाईले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, फखरुद्दीन खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, पूर्व सांसद इस्तियाक अहमद खान, रोहिणी गाउंपालिकाका अध्यक्ष सनोजकुमार यादव, उद्योगी व्यवसायी संघसस्थाका प्रतिनिधिलगायतले पत्रकारले सत्य र यथार्थ कुरा बाहिर ल्याउनु पर्ने, मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्ने, आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडी बढ्दै गएकाले सरकारको कमी कमजोरी र सकारात्मक कुरामा मिडियाले ध्यान दिनु पर्ने बताए। कर्यक्रम क्लबका अध्यक्ष दिपेश पछाईको सभापतित्व, उपाध्यक्ष नरेश केशीको स्वागत तथा महासचिव संम्झना शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

भवन निमार्णका लागी १ लाख २० हजार सहयोग 

भवन शिलन्यासका क्रममा भवन निमार्णका लागी बिभिन्न क्षेत्रबाट १ लाख बिस हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । भैरहवामा रहेको सिद्धार्थ यातायात प्रालीले प्रेस क्लबको भवन निमार्णका लागी ११ हजार १ सय ११ रुपैया अर्थिक सहयोग गरेको छ । त्यसैगरी जापानिज भाषा प्रशिक्षण केन्द्रका सञ्चालक पुनहरी बेल्वासेले दश हजार एक रुपैया सहयोग गरेका छन् । त्यसैगरी होटल पौवा भैरहवाले पचास हजार रुपैया भवन निमार्णका लागी सहयोग गर्ने होटलका संञ्चालक हरी थापाले जानकारी दिए । त्यसैगरी समाजसेबी ओमकार गौचनले एकाउन्न हजार एक सय एकाउन्न रुपैया भवन निमार्णका लागी सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*