शुद्धोधनमा मेलाको तयारी पूरा

खबरपथ संवाददाता
२९ माघ २०७६, बुधबार १३:२२

“शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि,पर्यटन उद्योग तथा ब्यापारको पुर्बाधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय शुद्धोधन कृषि ,पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७६ फागुन  १ गतेदेखी सुरु हुने भएको छ। फर्साटिकरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले  मेलाको तयारी पूरा  भएको  जानकारी दिएको  छ।   महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र  २ करोडको आर्थिक कारोबार लक्ष्य राखिएको फर्साटिकर ब्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डेले जानकारी दिनुभयो । ४ बिघा क्षेत्रफलमा गरिने महोत्सवमा   १२१ वटा स्टलहरु रहने छन।

महोत्सबले त्यस क्षेत्रको स्थानीय कृषि आधुनिकरण , मौलिक कला संस्कृतिको संरक्षण पर्यटकीय  क्षेत्रको प्रचारप्रसार र आर्थिक समृद्धिमा सघाउ पुर्‍याउने आयोजकले विश्वास राखेको छ। महोत्सवको मुख्य आकर्षणको रुपमा  राष्ट्रिय ख्याती प्राप्त कलाकारको प्रस्तुति , प्रथम show डान्स प्रतियोगिता , वडा स्तरीय भलिबल प्रतियोगिता, बाल उद्धान  हुने   ब्यापार संघका उपाध्यक्ष एवं महोत्सवका सह संयोजक अर्जुन क्षेत्रीले जानकारी दिनुभयो । १३ दिन  सम्म चल्ने महोत्सवको शुरक्षाको लागि  सेक्युरिटी गार्ड ,नेपाल प्रहरी र  विभिन्न  स्थानमा सिसिटिभी जडान गरिएको वरिष्ठ उपाध्यक्ष नवराज आचार्यले  बताउनुभयो ।

 मेला अवलोकनका लागि   ५०   रुपैया टिकट मूल्य निर्धारण  गरिएकोमा विद्यार्थीहरुका लागि ४० र अपांग, जेष्ठ नागरिकको लागि निशुल्क प्रबेशको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको  छ ।राष्ट्रिय कलाकारहरुमा  बद्री पङ्गेनी, प्रमोद खरेल,पशुपति शर्मा,कमला घिमिरे ,रमेशराज भट्टराई, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, अमृत सापकोटा, खुमन अधिकारी,  राम्जी  खाड, पुस्कल शर्मा, हेमन्त शर्मा, अर्जुन कौशल, टीका सानू लगायतका ५ दर्जन बढी कलाकारको प्रस्तुति रहने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*