स्मार्टकृषि गाँउ कार्यक्रमद्वारा तरकारीको बीउबीजन बितरण

खबरपथ संवाददाता
२९ माघ २०७६, बुधबार १८:४८

लुम्बिनी । प्रदेश नं. ५ सरकार द्वारा संचालित स्मार्टकृषि गाँउ कार्यक्रम मार्फत लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१० अन्र्तगतका किसानहरुलाई तरकारीको बीउबीजन बितरण गरिएको छ ।
लुम्बिनी नगर स्तरीय स्मार्टकृषि गाँउ कार्यक्रम द्वारा लक्षित एकसय २९ घरधूरी मध्ये ८० जना किसानहरुलाई दुईलाख मुल्य बराबरको मूला,गाँजर,करैला,टमाटर, फर्सी,लौका ईत्यादि मौषमी तथा बेमौषमी तरकारीका बीउबीजन बितरण गरिएको हो।

स्मार्टकृषि गाँउ कार्यक्रमका संयोजक रुद्रनाथ चौधरीले उक्त बीउबीजनमा ७० प्रतिशत प्रदेश सरकार र ३० प्रतिशत किसानको लगानी रहेको हुदा ब्यवसायिक तरकारी खेती गर्न लागाई लुसाँनपा ९ खुदाबगरलाई स्मार्टकृषि गाँउ बनाउने अभियान जारी भएको जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*