बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम

यमलाल भुसाल
२९ माघ २०७६, बुधबार १९:०८

बुटवल । नेपाली सेनाको रामनगर ब्यारेक बुटवल स्थित श्री गरुडदल गणबाट खट्टिएको नेपाली सेनाको फौजले बृद्धाश्रममा सरसफाई गर्नुका साथै निशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ ।
रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं. २ तल्लो फुलबारीमा अवस्थित सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रम परिसर सरसफाई तथा बृद्धाश्रममा बस्ने कोठा, लत्ताकपडा, बाथरुम तथा शौचालय सरसफाई गर्नुका साथै बृद्ध पुरुषहरुको दाह्री कपाल काटिदिएको छ ।
उक्त बृद्धाश्रममा पुरुष ८ र महिला १ गरि कुल जम्मा ९ जनारहेका छन । सोहि क्रममा प्रा. उ.से डा. सुश्री रक्षा गुरागाईबाट सबै बृद्धबृद्धाहरुको निःशुल्क स्वस्थ्य परिक्षण गर्नु भएको हो ।
त्यसैगरि गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापाले चामल, दाल, नुन, विष्कुट, तेल, चिनी, चिया, पाउरोटी लगायतका खाद्यान्य आश्रमलाई वितरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*