लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्त्ति स्थानीय सरकार संवेदनशिल

खबरपथ संवाददाता
५ फाल्गुन २०७६, सोमबार २१:३५

बुटवल । लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्त्ति स्थानीय सरकार संवेदनशिल भएको एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ ।
सशक्तिकरण नेपालले बुटवलमा आयोजना गरेको स्थानीय सरकारका जनप्रतिनिधीहरुसँगको बैरवी बैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष जगदीश कुमार आचार्यले स्थानीय सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्त्ति के कस्ता खालका योजना तथा कार्यक्रमहरु बनाउनुपर्ने हो त्यसको विषयमा सुझाव र सल्लाह दिनका लागि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई आग्रह गर्नुभयो । उहाँले बुटवल उपमहानगरपालिकाले कोही पनि बेरोजगार बन्न नपारोस भनेर विभिन्न किसिमका युवा इलम कार्यक्रमहरु र सीपमुलक कार्यक्रमहरु संचालन गरेकोले यसमा जोडिनका लागि पनि आग्रह गर्दे तेस्रो लिङ्गी समुदायबाट हुने विकृत्तिहरु रोक्नका लागि पनि सशक्तिकरण नेपाललाई आग्रह गर्नुभयो ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकसँग सहकार्य गरेर अगाडी बढनका लागि वार्डमा सुचिकृत हुनका लागि पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल ७ का वार्ड अध्यक्ष कमल प्रताप थापाले समाजमा लैङ्गिक हिंसाका घटनाहरु अत्याधिक मात्रामा रहेकोले यी घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सबैले सामुहिक रुपमा प्रयास गर्नुपर्ने बताउनुभयो । हिंसालाई निमठयान्नै पार्न सकिन्छ जस्तो लाग्दैन तर यसको न्यूनीकरण भने गर्न सकिने उहाँले बताउनुभयो ।उहाँले जहाँ समाज छ त्यहाँ हिंसाका घटनाहरु हुने भएकोले यस्ता घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सामुहिक प्रयास गरिनुपर्ने बताउदै लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्त्ति आफुहरु सधैं सक्रिय भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल ४ का कार्यवाहक वार्ड अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जवसम्म मानवअधिकारको विषयमा स.वेदनशिल भैदैन तवसम्म समाजमा हिंसा र विभेदका घटनाहरु भैरहने हुनाले यस्ता विषयमा नागरिक तथा स्थानीय सरकार सहकार्य भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल १२ का वार्ड अध्यक्ष दुर्गा प्रसाद सुवेदी, बुटवल १० का वडा सदस्य कला केसी,लगायतले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई मुलधारमा ल्याउनका लागि सबैभन्दा पहिला सो समुदायको तथ्यांक जरुरी भएकोले यसका लागि नगरपालिकालाई सघाउनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा सशक्तिकरण नेपालका अध्यक्ष तथा तेस्रो लिङ्गी अधिकारकर्मी आनिक रानाले स्थानीय सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुलाई मुलधारमा ल्याउनका लागि प्रत्येक वार्डले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समन्वय केन्द्र बनाएर सो समुदायका अधिकारहरुको सम्बोधन गर्न आग्रह गर्नुभयो । बुटवल उपमहानगर पालिकाले नेपालमै पहिलो पटक सो समुदायलाई उद्यमी बनाउनका लागि फसन डिजाइनर जस्तो सीप सिकाएर बाँच्ने आधार कोरिदिएकोमा बुटवल उपमानरपालिकालाई धन्वाद दिनुभयो । कार्यक्रममा तेस्रो लिङ्गी अधिकारकर्मी पुष्पा लामाले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको हौसला बढाइदिन र जिउन आधार बनाइ दिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*