शिवरात्रीको अवसरमा शिव मन्दिरको उद्धघाटन

खबरपथ संवाददाता
९ फाल्गुन २०७६, शुक्रबार १९:१८

बुटवल । शिवरात्रीको अवसरमा तिलोत्तमा नगरपालिका ११ भूपुसैनिकमा पुन निर्माण गरिएको शिव मन्दिरको उद्घाटन गरिएको छ । रोहीणी नदीको छेउमा वि सं २०६८मा शिव मन्दिर निर्माण गरिएको थियो । समाजसेवी भिमसेन श्रेष्ठको अगुवाईमा टिनको छानो भएको मन्दिरको करिव १६ लाख रुपैया खर्च गरेर पुन निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रम विच समाजसेवी कृष्ण बहादुर श्रेष्ठ उद्घाटन गरेको पुजारी पुरुषोत्तम वस्यालले जानकारी दिए ।
समाजसेवी भिमसेन श्रेष्ठले उद्घाटन कार्यक्रममा नदी कटानवाट मन्दिर जोखिमा पर्ने भएकाले तटवन्धको व्यवस्था गरिदिन नगरपालिकालाई आग्रह गरेका छन ।
मन्दिरमा दैनिक पुजा आजा हुन्छ र श्रावण महिनाभरी र शिवरात्रीको दिन यो मन्दिरमा विशेष पुजा हुन्छ । अध्यक्ष तोलाकान्त अधिकारीले दाताहरुको सहयोगमा मन्दिर निर्माण गरिएको जानकारी दिए । समाजसेवी श्रेष्ठले मन्दिर निर्माणको लागि १लाख २५ हजार रुपैया प्रदान गरेका छन । त्यसैगरी महेन्द्रध्वज विस्टले १ लाख १ हजार १ सय ५५ रुपैया, जनक कोईराला परिवारले ५० हजार रुपैया, तेजवहादुर कुंवरले लगायत मन्दिर निर्माणमा सहयोग गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*