लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन प्रतियोगिता सम्पन्न

खबरपथ संवाददाता
१३ फाल्गुन २०७६, मंगलवार २१:४६

रुपन्देही ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १० औं वार्षिक उत्सव कार्यक्रमलाई निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत मंगलबार  म्याराथुन प्रतियोगिता भएको छ ।
फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत भएको म्याराथुन बुटबलको योगीकुटीबाट सुरु भै लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।


म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन प्रतियोगिता संयोजक राम प्रसाद अर्यालले बताए ।
म्याराथुन प्रतियेगीतामा महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो र अजय बसखोर तेश्रो भएको अस्पतालका अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले बताईन ।
वार्षिक उत्सव कार्यक्रम संयोजक डा सुदर्शन थापाले म्याराथुन मा सहभागी सबैलाई बिशेष धन्यबाद दिदै आगामी कार्यक्रममा पनि यस्तै उत्साहजनक सहभागीताको अस्पतालले अपेक्षा गरेकोे बताए ।
अस्पतालको बार्षिक उत्सब अहिले सम्म नमनाएको भएपनि यसलाई निरन्तरता दिने अस्पतालको त्रैमासिक बुलेटीन प्रकाशित गर्ने मेसु डा राजेन्द्र खनालले बताए । अस्पताल बिकास समिति अध्यक्ष सुर्य वहादुर भटराईले अस्पताललाई नयाँ र फरक सैलीले लाने बताएका छन । प्रदेश सरकारको योजना अनुरुप अस्पताललाई अघिबढाउन आफु लागेको बताए ।
म्याराथुन प्रतियोगीतामा चिकित्सक, प्रशासनका सवै तहका कर्मचारीहरुको पनि सहभागीता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*