बैकल्पिक राजनीतिको उर्जा साझा पार्टीः संयोजक मिश्र

खबरपथ संवाददाता
१६ फाल्गुन २०७६, शुक्रबार ११:०२

लुम्बिनी । बिबेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्राले नेपालको बैकल्पिक राजनिीतिको उर्जा बिबेकशील साझा पार्टी भित्र मात्र रहेको बताएका छन ।
उनले सो कुरा बुद्धजन्म स्थल लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोद्धन गर्दै बताएका हुन ।
साझा पार्टी संयोजक मिश्राले काँग्रेस,कम्युनिष्ट लगायतका दलहरु सुसंस्कृतिको राजनीति नगरेको कारण त्यसबाट अत्तालिएर नेपाली जनता बैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताए ।


उनले दोस्रो राष्ट्रिय भेला मार्फत नेपाल साझा पार्टी भ्रष्टाचार र्निमूलीकरण तथा सुसंस्कृति राजनीतिको एजेण्डालाई बटमलाईन बनाई जनता माझ जान कार्यकर्ताहरुलाई निर्देश समेत दिए ।
भ्रष्टाचारकै कारण कम्युनिष्ट नेतृत्व सरकार ढल्ने प्रबल सम्भावना बढेको हुदा त्यस पछि सुशाषन तथा सुसंस्कृति सहितको राजनीतिलाई स्थापित गर्न साझा पार्टी बिना अरु कसैले गर्न नसक्ने उनले दाबी गरे ।
कार्यक्रममा साझा पार्टी प्रबक्ता डा. सर्यराज आचार्यले बुद्धजन्म स्थल लुम्बिनीबाट आफूहरु नेपाली राजनीतिमा नया आयाम थपेर फरक धार बाट मुलुकलाई धान्न बैकल्पिक राजनीतिको उर्जा प्रदान गर्न चाहेको बताए ।


सो अवसरमा राजीनितक मामला प्रमुख मुमाराम खनाल,संगठन बिभाग प्रमुख केशवदहाल ,संघीय साँसद शोभाशाक्य लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।देश भरिबाट साढे चारसय नेता कार्यकर्ता सम्मलित भेला तीन दिन सम्म चल्ने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*