राष्ट्रिय जनमुक्ति पार्टीको प्रादेशिक भेला सम्पन्न

खबरपथ संवाददाता
१७ फाल्गुन २०७६, शनिबार २०:५२

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीको प्रादेशिक भेला मंगलापुरमा सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिद्वारा शनिबार आयोजित भेलाले प्रदेश अध्यक्ष झम बहादुर गुरुङले प्रस्तुत गर्नुभएका ५ वटा राजनीतिक प्रस्तावहरुलाई पारित गर्दै भेला सम्पन्न भएको हो ।

भेलाले प्रदेश ५ मा रहेका १२ वटा जिल्लाहरुमा पार्टीलाई सशक्त ढंगबाट संगठन बिस्तार र निर्माण कार्यलाई अगाडि बढाउने, हरेक जिल्लामा पार्टी शुभचिन्तक र साथीको खोजी र छानविन अभियान सञ्चालन गर्ने, पार्टीको विचार र सिद्धान्तलाई रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका माध्यमबाट जनतामा लैजाने तथा आगामी दिनका चुनावहरुलाई मध्येनजर गर्दै तीन तहमा कार्य विभाजन गरेर क्रियाशिलता अगाडि बढाउने कुरालाई भेलाले पारित गरेको छ । साथै पार्टीको आगामी बैशाखमा सुनसरीको धरानममा हुने छैठौं महाधिवेशनलाई सफल पार्नका लागि पार्टीका हरेक तह र संरचनालाई व्यापक रुपमा परिचान गर्ने र गराउने निर्णय गरेको छ ।

भेलालाई उद्घाटन गर्दै पार्टीका महासचिव केशब सुर्यबंशीले राष्ट्रिय जनमुक्ति पार्टीलाई राष्ट्रिय वैकल्पिक शक्तिको रुपमा अगाडि बढाउनका लागि आक्रामक ढंगबाट संगठन बिस्तार र निर्माण कार्यलाई अगाडि बढाउन पार्टीका नेताहरुलाई निर्देशन दिनुभएको छ । पार्टीका विचार र सिद्धान्तलाई जनताका घरदैलोमा पु¥याउनका लागि पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सो अवसरमा पार्टीका केन्द्रिय नेताहरु होमाया गुरुङ, डा. हाजी मोहमद हसन, दल बहादुर वीरकट्टा, कमला थापा, टोप अस्लामी, केवी पुन, छत्र दर्लामी, अशोक पुन, ठाकुर रोका, संघीय महासभा सदस्य नरजङ्ग गुरुङ, बालकिशोर राना, चित्रप्रसाद गुरुङ, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*