निजि क्षेत्रलाई हतोत्साहित गरेर समृद्धि हासिल नहुने

घरबहाल महासंघको अधिबेशन
खबरपथ संवाददाता
१८ फाल्गुन २०७६, आईतवार १५:१४

बुटवल । मुलुकको राजश्व संकलनको प्रमुख हिस्साका रुपमा रहेको निजि तथा ब्यबसायिक क्षेत्रलाई हतोत्साहित गरेर समृद्धि हासिल नहुने सम्बन्धित क्षेत्रका अगुवाहरुले बताएका छन । घरबहाल महासंघ नेपालको चौथो साधारण सभा तथा दोश्रो अधिबेशनमा सहभागिहरु बक्ताहरुले मुलुकको समृद्धिका लागि निजि क्षेत्रको सहभागिता आवश्यक रहेको चर्चा गर्दै निति निर्माण र कार्यान्वयनका क्रममा निजि क्षेत्रको सहभागिता नहुदा कानुनहरु ब्यबसाय मैत्री हुन नसकेको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको तिन खम्बे आर्थिक निति अनुरुप निजि क्षेत्रको सहभागिता तथा ब्यबसायिक क्षेत्रसँगको बिकास, समन्वय र सहकार्यबाटै समृद्धि हासिल गर्न सघाउ पुग्ने बताए । निजि क्षेत्रलाई उत्साहित बनाउने नितिहरु बनाउनु पर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै सदस्य श्रेष्ठले तीन खम्बे अर्थ नितिको सफल कार्यान्वयनले मात्रै मुलुक समृद्ध बन्न सक्ने बिचार व्यक्त गरे । सो अवसरमा नेपाल घरबहाल महासंघका अध्यक्ष शंकर कोईरालाले उद्योग ब्यबसाय संचालन गर्ने बहालवालाहरुले नै शहरको बिकास र मुलुकको समृद्धिमा मुख्य योगदान गर्ने चर्चा गर्दै सरकार र सामाजिक क्षेत्रबाट यसको महत्व बुझ्ने प्रयास नहुदा बहालमा बस्नेहरु माथि दोश्रो दर्जाको नागरिक सरह ब्यबहार हुने गरेको अध्यक्ष कोईरालाले गुनासो गरे ।

महासंघका पुर्व अध्यक्ष हेमराज पौडेलले लामो प्रयास पश्चात राज्यका तर्फबाट घरबहाल सम्बन्धी केही कानुनहरु बनेको भएपनि बहालमा बस्नेहरुको हकहित संरक्षण र बिकासका दृष्टिले अझै अपुग रहेको बताए । अर्का पुर्व अध्यक्ष बलभद्र खनालले बहालमा बस्नेहरुका पक्षमा बोल्ने आवश्यक कानुन नबन्दा बहालवाला संधै असुरक्षित अवस्थामा रहने गरेको भन्दै राज्यको ध्यान नपुग्दा बहाल क्षेत्रबाट राजश्वको ठुलो हिस्सा गुमेको चर्चा गरे । नेकपा प्रदेश सदस्य नन्दिकेशर ढकालले समग्र देशको आर्थिक बिकासमा महत्वपुर्ण टेवा पुराउने बहाल क्षेत्रका समस्या समाधान गर्न राज्यको ध्यान नपुगेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

नेपाल मानव अधिकार आयो बुटवल कार्यालयका अधिकृत ईन्द्रजित शाहनीले बहालमा बस्नेहरुका अधिकारहरु कुण्ठित गर्ने काम भैरहेको भन्दै अधिकार प्राप्तीका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा घरबहाल महासंघका सल्लाहकारहरु ईमान्दु बराल, श्रीराम गिरी, ओमप्रकाश पोखरेल, हरिश ढकाल, बरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, महासचिव सिताराम खतिवडा, सचिव लेखनाथ भण्डारी, कोषाध्यष केदार तिमिल्सिना, वन महासंघका राष्ट्रिय उपाध्यक्ष भिमप्रकाश खड्का लगाएतले घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए ।

कार्यक्रममा रुपन्देही शाखाका अध्यक्ष खगेन्द्र पौडेलसहित पत्रकारहरु हरिश ढकाल, सुमन अधिकारी, प्रकाश खनाल डिबी सुस्लीङ्गलाई सम्मान गरिएको थियो । महाधिबेशनले आगामी तीन बर्षका लागि बलभद्र खनालको अध्यक्षतामा ३१ सदस्सिय नयाँ नेतृत्व समेत सर्वसम्मत चयन गरेको छ । जस्को बरिष्ठ उपाध्यक्षमा नवराज न्यौपाने, महिला उपाध्यक्षमा पवित्रा रेग्मी, प्रादेशिक उपाध्यक्षहरुमा हरिप्रसाद रेग्मी, बालहरी अधिकारी, यामनाथ पौडेल, भिमप्रकाश खड्का, बिष्णु प्रसाद कंडेल, केदारनाथ तिमिल्सिना, सिताराम खतिवडा भयन भएका छन । यसैगरि महासचिवमा श्रीराम गिरी, सचिवमा राजुप्रसाद लिगल र हरिप्रसाद पाठक, कोषाध्यक्षमा मन्जुकुमारी पोखरेल, सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन ।
यसैगरि सदस्यहरुमा गोपाल पौडेल, पाण्डव ढकाल, शिव प्रसाद पोखरेल, चेतनाथ सापकोटा, खिमानन्द पौडेल, प्रभात ढुंगाना, बिनोद कुमार निरौला, समिरलाल डंगोल, प्रकाश बम्जन र कन्चनमाला राजभण्डारी लगाएत निर्विरोध रुपमा चयन भएको निर्वाचन समितिका संयोजक ईमान्दु बरालले बताए । साथै तत्काल बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पुर्व अध्यक्ष हेमराज पौडेललाई प्रमुख सल्लाहकार र निवर्तमान अध्यक्ष शंकर कोईरालालाई सल्लाहकारमा मनोनित गरेको अध्यक्ष बलभद्र खनालले जानकारी गराएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*