स्तरिय स्वास्थ्य सेवाका लागि सियारीमा स्वास्थ्य चौकी भवन

नरेश चौधरी
२१ फाल्गुन २०७६, बुधबार २१:११

सैनामैना । रुपन्देहीको सियारी गाउँपालिकामा स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवनको निर्माण कार्य सुरु गरिएको छ । सियारी ५ मा रहेको स्वास्थ्य चौकी हाल भाडामा संचालन भैरहेको छ । स्वास्थ्य चौकीको भवन निर्माण पश्चात पालिकावासीहरुलाई सेवा प्रदान गर्न तथा सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।

विभिन्न औषधी तथा उपचार निःशुल्क रहेकोले स्वास्थ्य चौकीमा उपचार गर्न स्थानियहरुलाई उहाँले अनुरोध समेत गर्नु भयो । भवन दुई तले रहने र भुकम्प प्रतिरोधी बनाईने प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताउनु भयो । स्वास्थ्य चौकी भवन निर्माणका लागि गाउँपालिकाले ३४ लाख १६ हजार ५४ रुपैयाँमा श्री कृष्ण निर्माण सेवा अर्घाखाँचीलाई ठेक्का दिईएको छ ।

वडा कार्यलय भवन निर्माण

यसैविच सियारी ५ मा रहेको वडा कार्यलय भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि गाउँपालिकाले ५० लाख ८ हजार ५ सय नौं रुपैयाँमा श्री कृष्ण निर्माण सेवा अर्घाखाँचीलाई ठेक्का दिईएको छ ।

भवन निर्माण कार्य समयमै सम्पन्न गर्न तथा गुणस्तरिय बनाउन गाउँपालिका अध्यक्ष थारुले ठेक्दारलाई निर्देशन समेत दिनु भयो । निर्माणकार्य थालिएको स्वास्थ्य चौकी र वडा कार्यलाय भवन यसै आर्थिक वर्षमा सम्पन्न गरि श्रवण महिना देखि आफ्नै भवनमा सेवा प्रदान गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष थारुको भनाई छ । वडा कार्यलय र स्वास्थ्य चौकी हाल भडामा संचालन भैरहेका छन् ।

यसै विच मंगलबार आजै गाउँपालिका अध्यक्ष अयोध्या थारु, प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराई, वडा अध्यक्ष थम्मन बहादुर पौडेल, योजना शाखा प्रमुख रोमलाल पुरी, प्राविधिक असिटेन्ट सव ईन्जीनियर किरण क्षेत्री, कार्यपालिका सदस्य देवकी खरेल, वडा सदस्य गोरख थारु लगायतले भवन निर्माण कार्यस्थलको अनुगमन गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*